विदेशबाट नेपाली ल्याउने विमान दिउँसो ३ बजे भित्र काठमाडौं आइसक्नुपर्ने निर्णय | Khabarhub Khabarhub

विदेशबाट नेपाली ल्याउने विमान दिउँसो ३ बजे भित्र काठमाडौं आइसक्नुपर्ने निर्णय


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उड्डयन प्राधिकरणले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने जहाज दिउँसो ३ बजेभित्र काठमाडौं विमानस्थलमा अवतरण भइसक्नुपर्ने निर्णय गरेको छ।

प्राधिकरणले विमान राति आउँदा यात्रुको व्यवस्थापनमा कठिन हुने भएकाले समयतालिका निश्चित गरिएको जनाएको हो ।

विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा लिनुपर्ने र व्यवस्थापनका लागि सजिलो हुने भएकाले ३ बजेभित्रै जहाज काठमाडौं आइपुग्नुपर्ने व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

‘नेपाल फर्काउने एयरलाइन्सले काठमाडौं आउँदा दिउँसो ३ बजे भित्र अवतरण गर्ने गरी आउनु पर्छ’ पोखरेलले भने।

हालसम्म १६९ जना सयुक्त अरब इमिरेट्सबाट, २६ जना म्यानमारबाट र ११ जना अष्ट्रेलियाबाट फर्किएका छन्।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ६ : ०५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका