सांसद गिरीद्वारा संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता « Khabarhub

सांसद गिरीद्वारा संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।

नेपालको अद्यावधिक राजनीतिक नक्सालाई संविधानको अनुसुचीमा रहेको नेपालको निशान छापमा समेत समावेश गर्न सरकारले संविधान संसोधन विधेयक पेश गरिसकेको छ ।

मंगलबार सैद्धान्तिक छलफल सकिएको विधेयकमाथि संशोधन हाल्ने समय खुलेपछि सांसद गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

सांसद गिरीले दर्ता गरेको प्रस्तावमा नेपालले दाबी गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने प्रमाण नभएको भन्दै उक्त दफा हटाउनुपर्ने संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । समाजवादी पार्टीले सांसद गिरीलाई उक्त प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अडगरियाले संशोधन फिर्ता नलिए सांसद गिरीलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् । उनले संशोधन प्रस्ताव फिर्ता नलिए सांसदबाटै हटाउन सक्ने चेतावनी समाजवादी पार्टीले दिएको छ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ६ : ३३ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण