ला लिगा : बिल्वाओमाथि सेभिल्लाको जीत « Khabarhub

ला लिगा : बिल्वाओमाथि सेभिल्लाको जीत


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले पूनरागमन जीत निकालेको छ ।

सेभिल्लाले एथ्लेटिक क्लब बिल्वाओमाथि उसकै मैदानमा २–१ को पूनरागमन जीत हात पारेको हो ।

विहीबार राति भएको खेलमा सेभिल्लाको जितमा इभर बनेगा र मुनिर इएल हाडडाडीले गोल गरे । एथ्लेटिकका एन्डर कापाले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २८औं मिनेटमा कापाको गोलबाट घरेलु टोलीले दोस्रो हाफसम्म १–० को अग्रता बनाएको थियो । ६९औं मिनेटमा इभर बनेगाले गोल गर्दे खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७४औं मिनेटमा मुनिरले बनेगाकै पासमा गोल गर्दै सेभिल्लालाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा सेभिल्ला विजयी हुन सफल भयो ।

जितसँगै चौथो स्थानमा रहेका सेभिल्लाको ३५ खेलबाट ६३ अंक पुगेको छ । पराजित बिल्वाओ भने ४८ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : ०८ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको