काठमाडौँका २८ सहित उपत्यकामा थपिए ४२ संक्रमित « Khabarhub

काठमाडौँका २८ सहित उपत्यकामा थपिए ४२ संक्रमित


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लाे २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका २८ सहित उपत्यकामा ४२ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।

प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा काठमाडौँ १५, भक्तपुर १, ललितपुर १३ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौँ १२, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : ४० बजे

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल