७ वटै प्रदेशका तोकिएका प्रयोगशालामा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने « Khabarhub

७ वटै प्रदेशका तोकिएका प्रयोगशालामा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मापदण्ड भित्र नपर्ने व्यक्तिहरुसँग शुल्क लिएर कोरोना परीक्षण गराउने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको निर्देशिकाले तोकेकोभन्दा बाहेकका व्यक्तिहरुको कोरोना परीक्षणका लागि शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

मन्त्रालयले हाल प्रयोगशालाहरुमा भइरहेका परीक्षणमा २५ प्रतिशतको शुल्क लिएर कोरोना परीक्षण गराउन पाउने व्यवस्था गरेको प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तो व्यवस्था अनुसार शु्ल्क लिएर परीक्षण गर्न भने प्रत्येक प्रदेशका कम्तिमा एक प्रयोगशालाले मात्र पाउने छ ।

प्रवक्ता डा गौतमका अनुसार प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल,गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,प्रदेश ५ मा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीले शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने भएका हुन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको शुल्क प्रतिव्यक्ति ५ हजार ५०० तोकेको छ ।

यसअघि काठमाडौं उपत्यकामा रहेका पाटन अस्पताल, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालले शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति पाइसकेका छन् ।

नेपालमा कोराना परीक्षणको शुल्क सरकारले ब्यहोर्ने भनिएपछि परीक्षणको नयाँ निर्देशिका बनाइएको छ । उक्त निर्देशिकाले कोरोनाको लक्षण देखिएका व्यक्ति, फ्रन्टलाइनमा खटिएका स्वास्थ्य कर्मी र विदेशबाट आएर कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण गर्नुपर्ने उल्लेख गरेको छ ।

तर कतिपय कार्यालय तथा विदेश जानुपर्ने व्यक्तिका लागि वा कोरोना परीक्षण गराउन चाहने व्यक्तिलाई भने शुल्क तिरेर मात्र कोरोना परीक्षण गराउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ५ : ०८ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर