उडिरहेको विमानभित्र महिलाले जन्माइन् जुम्ल्याहा बच्चा | Khabarhub Khabarhub

उडिरहेको विमानभित्र महिलाले जन्माइन् जुम्ल्याहा बच्चा


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन् ।

जन्मिएका ती बच्चाहरु बालिका हुन भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिना अगाडि नै सुत्केरी भएको जनाइएको छ । बच्चा जन्माएकी महिला र दुबै बच्चाहरुलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मंगोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुले बताए ।

विमानमै जुम्ल्याहा सन्तान जन्मिएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कोरोनाभाइरसको त्रासका कारण पनि उच्च सतर्कता अपनाइएको बताए । कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरु चार्टर गरिएको विमानमार्फत् यात्रा गरेका थिए ।

ती महिलासँगै मंगोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मंगोलियाको यात्रामा रहेका थिए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ५ : २३ बजे

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

चितवन-  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा

गाजामा कुपोषणका कारण मृत्यु बढ्यो

गाजा – इजरायलले गाजामा मान्छे मार्नेक्रम रोकिएको छैन। शनिबार मात्र

वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन

भरतपुर– चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा