उडिरहेको विमानभित्र महिलाले जन्माइन् जुम्ल्याहा बच्चा « Khabarhub

उडिरहेको विमानभित्र महिलाले जन्माइन् जुम्ल्याहा बच्चा


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन् ।

जन्मिएका ती बच्चाहरु बालिका हुन भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिना अगाडि नै सुत्केरी भएको जनाइएको छ । बच्चा जन्माएकी महिला र दुबै बच्चाहरुलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मंगोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुले बताए ।

विमानमै जुम्ल्याहा सन्तान जन्मिएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कोरोनाभाइरसको त्रासका कारण पनि उच्च सतर्कता अपनाइएको बताए । कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरु चार्टर गरिएको विमानमार्फत् यात्रा गरेका थिए ।

ती महिलासँगै मंगोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मंगोलियाको यात्रामा रहेका थिए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ५ : २३ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी