बैंकिङ कसूरका फरार दुई अभियुक्त पक्राउ « Khabarhub

बैंकिङ कसूरका फरार दुई अभियुक्त पक्राउ


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज सूचना जारी गरी जनाएको छ ।

काठमाडौँ ताम्सिपाखाका सुनिता चित्रकारलाई बिहीबार र काठमाडौँ कलङ्कीका मनोजलाल सिंह दुलाललाई आज पक्राउ गरिएको हो ।

उच्च अदालत पाटनको गत फागुन १८ गतेको फैसलाले चित्रकारलाई तीन दिन कैद र रु छ लाख ५० हजार जरिवाना हुने ठहर भएको थियो । सजाय बेरुजु रही फरार रहेकी चित्रकारलाई स्थानीय स्वयम्भूबाट पक्राउ गरिएको छ । यस्तै उच्च अदालत पाटनको माघ १० गतेको फैसलाले सात दिन कैद र रु १० लाख जरिवाना ठहर भई फरार हुँदै आएका सुवाललाई स्थानीय रविभवनबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ । अदालतले उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी विभिन्न मितिमा बैंकको चेक काटी बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरेको थियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ५ : ४४ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी