विभिन्न जिल्लामा बाढी-पहिरोको बितण्डा (फोटो फिचर) « Khabarhub

विभिन्न जिल्लामा बाढी-पहिरोको बितण्डा (फोटो फिचर)


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षाले मुलुकका विभिन्न जिल्लामा गएको बाढी-पहिरोले जनधनको क्षति पुर्‍याएको छ ।

अविरल वर्षासँगै आएको बाढीका कारण सेती नदीको डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका-४ र ८ जोडने पुल ।
बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङगा गाउँपालिका-३ राहुघाटको सिमानास्थित रघुगङगा नदीमाथिको बाढीबाट क्षति पुगेको पुल ।
डोटीको केआइसिंह गाउँपालिका-५ बुहारमा गएराति आएको पहिरोले पुरिएपछि क्षतिग्रस्त भएको से १ च २१२५ नम्बरको महेन्द्रा जीप । जीपका चालक भने ज्यान बचाउन सफल भएका छन ।
बिहीबार रातिदेखि लगातार परेको पानीका कारण जलाम्य पोखरा महानगरपालिका- ३३ स्थित चैनपुर – पानीटयाङ्की सडक ।
बिहीबार रातिदेखि लगातार परेको पानीका कारण पोखरा महानगरपालिका- ३३ मा घर तथा बस्तीमा पानी पसेपछि भेल नियन्त्रणको प्रयास गरिँदै ।
जाजरकोट बारेकाट गाउँपालिका-४ सार्कीगाउँमा पहिराले दुई घर बगाउँदा बेपत्ता १२ जनाको खोजी कार्य गर्दै स्थानीयवासी ।
लमजुङको क्व्होलासोथर गाउँपालिका-७ स्थित भोंजे गाउँको गमबहादुर कामीको पिँढी र आगनमा शुक्रबार बिहान गएको पहिरो । यस घरसहित गाउँका ११ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी नगरपालिका-४ र ८ जोडने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ ।
अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ जोडने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ ।
म्याग्दी नदीले कटान गरेपछि भत्किएको बेनी नगरपालिका-७ मङ्गलाघाटस्थित प्रहरी बिट ।

अविरल वर्षाका कारण सेती नदीमा पानीको सतह बढदा देखिएको दृश्य । पोखरा महानगरपालिका-१० रामघाटको खोँचबाट पानी सहज तरिकाले निष्कासन हुन नस्क्दा ताल परेको छ । यसले गर्दा आसपासका बस्ती जोखिममा परेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : १२ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी