बारेकोट पहिरो: ४ जनाको शव फेला, ८ जना अझै बेपत्ता | Khabarhub Khabarhub

बारेकोट पहिरो: ४ जनाको शव फेला, ८ जना अझै बेपत्ता


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गएराति गएको पहिरोमा परी बेपत्ता भएका १२ जनामध्ये ४ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट–४ का ५२ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की त्यस्तै कोसे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ ।

शव भेटिएका डिल्ली सार्की र वीरेन्द्र सार्की पाहुना लाग्न आएका थिए ।

सार्कीगाउँका २ घर पहिरोले बगाएको थियो । पहिरोमा परी पाहुना बस्न आएका ४ सहित १२ बेपत्ता भएका थिए । बारेकोट–४ का ५२ वर्षीय गोपाल सार्की र छोरा अर्जुनको शव फेला परे पनि पत्नी ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्कीको शव अझै भेटिएको छैन ।

त्यस्तै अर्को घरमुली कलु सार्की, १४ वर्षीय छोरी तिर्खा सार्की, ११ वर्षीया छोरी कमला सार्की र ६ वर्षीय छोरा सुभास सार्की बेपत्ता छन् ।

पहिरोमा परेर पाहुना बस्न आएका कुशे गाउँपालिका ९ चौराँटाका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की अझै भेटिएका छैनन् ।

सार्कीगाउँमा अझै पहिरो रोकिएको छैन । उद्धारमा खटिएको टोली घटनास्थल पुग्न समय लागेकाले पनि समयमा उद्धार गर्न समस्या भएको थियो ।

सार्कीगाउँ सदरमुकाम खलंगादेखि करिब ९० किलोमिटर टाढा पर्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : ०६ बजे

पाल्पाको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

तानसेन– यहाँका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी

राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

वाशिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

काठमाडौं– नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश

प्रकाश र दयाहाङको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक

काठमाडौं – माघ १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मिरमिरे’को