बारेकोट पहिरो: ४ जनाको शव फेला, ८ जना अझै बेपत्ता « Khabarhub

बारेकोट पहिरो: ४ जनाको शव फेला, ८ जना अझै बेपत्ता


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गएराति गएको पहिरोमा परी बेपत्ता भएका १२ जनामध्ये ४ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट–४ का ५२ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की त्यस्तै कोसे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ ।

शव भेटिएका डिल्ली सार्की र वीरेन्द्र सार्की पाहुना लाग्न आएका थिए ।

सार्कीगाउँका २ घर पहिरोले बगाएको थियो । पहिरोमा परी पाहुना बस्न आएका ४ सहित १२ बेपत्ता भएका थिए । बारेकोट–४ का ५२ वर्षीय गोपाल सार्की र छोरा अर्जुनको शव फेला परे पनि पत्नी ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्कीको शव अझै भेटिएको छैन ।

त्यस्तै अर्को घरमुली कलु सार्की, १४ वर्षीय छोरी तिर्खा सार्की, ११ वर्षीया छोरी कमला सार्की र ६ वर्षीय छोरा सुभास सार्की बेपत्ता छन् ।

पहिरोमा परेर पाहुना बस्न आएका कुशे गाउँपालिका ९ चौराँटाका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की अझै भेटिएका छैनन् ।

सार्कीगाउँमा अझै पहिरो रोकिएको छैन । उद्धारमा खटिएको टोली घटनास्थल पुग्न समय लागेकाले पनि समयमा उद्धार गर्न समस्या भएको थियो ।

सार्कीगाउँ सदरमुकाम खलंगादेखि करिब ९० किलोमिटर टाढा पर्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : ०६ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी