नेपालमा बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त « Khabarhub

नेपालमा बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले नेपालमा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

दूतावासले सिन्धुपाल्चोकलगायत नेपालका विभिन्न जिल्लाहरुमा बाढी र पहिरोको कारण हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको हो ।

‘सिन्धुपाल्चोक लगायत नेपालका विभिन्न जिल्लाहरुमा बाढी र पहिरोको कारण हुन गएको जनधनको क्षतिप्रति दुखित छौं’, दूतावासले सामाजिक सञ्चाल ट्वीटरमा लेखेको छ- प्रियजनहरू गुमाएका परिवारप्रति समवेदना एवम् प्रभावित सबैप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं ।’

विहीबार रातिदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी लगायतका खेलामा आएको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ ।

त्यसैगरी आज दिनभरको वर्षाले कास्की, म्याग्दी, लमजुङ, जाजरकोट लगायतका जिल्लामा गएको बाढी र पहिरोले धनजनको क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ७ : ३२ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी