गोरू काटेर मासु खाएको अभियोगमा तनहुँमा तीन जना पक्राउ « Khabarhub

गोरू काटेर मासु खाएको अभियोगमा तनहुँमा तीन जना पक्राउ


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तनहुँ – गोरु काटेर मासु खाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–१ बाख्रे बस्ने २२ वर्षीय मिलन नेपाली, सोही ठाउँका २२ वर्षीय विनोद थापा र ४५ वर्षीय विमलाल सुनार रहेका छन् ।

कास्कीको साविक लेखनाथ नगरपालिका–२ स्थायी घर भई हाले म्याग्दे–१ मान्द्रे बस्ने ६६ वर्षीय तर्कबहादुर कुमालले कृषि पेशाको लागि पाल्दै आएका दुई वटा गोरुमध्ये एउटा गोरु चोरेर काटेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेकासहित छ जनाले गोरु चोरी गरेर मासु बाँडीचुँडी खाएको खुलेपछि उनीहरूलाई आइतबार जिल्ला अदालतबाट चोरी तथा गोरु मार्न नहुने मुद्दामा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

फरार रहेका अन्य व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।

‘गोठमा बाँधिराखेको गोरुको दाम्लो फुकाई चोरी गरी करिब आधा घण्टा पैदलदूरी एकान्तमा लगी काटेर मासु बाँडेर खाएको अनुसन्धानबाट खुलेको छ’, उनले भने, ‘गोरुको बाँकी अङ्ग सेफ्टीट्याङ्कीमा फाली घटना गुपचुप गराउन खोजिएको थियो ।’

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : २२ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।