सत्यतथ्य खुलाई पठाउन बक्सिङ संघलाई राखेपको पत्र « Khabarhub

सत्यतथ्य खुलाई पठाउन बक्सिङ संघलाई राखेपको पत्र


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघलाई पत्र काटेको छ ।

सोमबार राखेपले बक्सिङ संघलाई पत्र काट्दै संघका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितताका सम्बन्धमा आवश्यक छानबिन गरी पाऊँ भन्दै दिएको निवेदन दिएपछि पत्र काटेको हो ।

राखेपले निवेदन अनुसार के कस्तो हो सत्य, तथ्य विवरण खुलाई पठाउन भनेको छ । राखेपको खेलकुद संघ संस्था शाखाका प्रमुख ज्ञानेन्द्र कार्कीले जारी गरेको पत्रमा राखेपको सचिवालय, प्रशासन विभाग, खेलकुद विकास विभाग, आर्थिक प्रशासन शाखालाई बोधार्थमा उल्लेख गरेको छ ।

महासचिव भट्टचार्यले अध्यक्ष राम अवालेले विधानविपरीत गइ संघलाई सञ्चालन गरेको, विधानमै नभएको सह–कोषाध्यक्षको पद सिर्जना गरेको र चार वर्षसम्म मनलाग्दी गरेर संघलाई सञ्चालन गरेको भन्दै राखेपमा उजुरी दर्ता गराएका थिए ।

यसबीचमा बक्सिङ संघका महासचिव भट्टचार्य र अध्यक्ष राम अवालेबीच विज्ञप्ती जारी गर्ने शृङ्खला नै चलेको छ । केही दिन अगाडि महासचिवले जारी गरेको विज्ञप्तीमा संघका सदस्य तथा प्रशिक्षक दिपक महर्जनले कार्य समिति बैठकमा आफुले असहमती राख्दा दुर्व्यवहार गरेको बताएका थिए ।

त्यस लगत्तै अवाले द्वारा जारी विज्ञप्तिमा महासचिव प्रति कुनै दुर्व्यवहार नभएको तर, उनी संघको मानमर्दनमा उत्रिएको आशयमा विज्ञप्ती जारी गरेका थिए ।

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ४ : १५ बजे

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा