‘प्रेम गीत ३’ निर्माताले गरे मल्टिस्टारर फिल्म निर्माणको घोषणा « Khabarhub

‘प्रेम गीत ३’ निर्माताले गरे मल्टिस्टारर फिल्म निर्माणको घोषणा


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडी विधामा फिल्म ‘हुतुतु’ बन्ने भएको छ । निर्माता सन्तोष सेनले लगानी गर्ने यो फिल्ममा लोकप्रिय कलाकारहरुको अभिनय रहने तय भएको छ ।

सन्तोष सेनले दिएको जानकारी अनुसार फिल्ममा वरिष्ठ कलाकार हरिवंश आचार्यदेखि प्रदीप खड्कासम्मको अभिनय रहनेछ । उनका अनुसार फिल्ममा हरिवंश र प्रदीपसँगै पल शाह, राजाराम पौडेल, गौरव पहारी, माओत्से गुरुङ, नाजिर हुसेन, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ ।

ठूलो लगानीमा निर्माण हुने बताइएको यो फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । साथै फिल्ममा महिला कलाकार को रहने भन्ने अझै तय भइसकेको छैन ।

निर्माताका अनुसार फिल्मको छायांकन केही समयपछि थालिनेछ ।

यो फिल्ममा प्रदीप खड्का र पल शाहलाई एकसाथ देख्न पाइनेछ । पल, प्रदीप र हरिवंश एउटै फिल्ममा भएका कारण पनि फिल्मलाई दर्शकले चासोका साथ लिएका छन् ।

निर्माता सेनले निर्माण गरेको फिल्म ‘प्रेम गीत ३’ भने कोरोना भाइरस महामारीका कारण रिलिज हुन सकेको छैन । उक्त फिल्म रिलिजको पर्खाइमा छ ।

फिल्म रिलिज नहुँदै निर्माता सेनले अर्को फिल्मको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : १७ बजे

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक