अमेरिकी कदमपछि चीनले लगायो ११ अमेरिकीमाथि प्रतिबन्ध « Khabarhub

अमेरिकी कदमपछि चीनले लगायो ११ अमेरिकीमाथि प्रतिबन्ध


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिक विरुद्ध प्रतिबन्धहरुको घोषणा गरेको छ ।

हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्धहरु घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा हङकङसँग सम्बन्धित मामिलामा केही मानिसले नराम्रो व्यवहार गरेकाले प्रतिबन्धहरु लगाउनु परेको जानकारी दिए ।

चिनियाँ प्रतिबन्धको सूचीमा ह्युमन राइट्स वाचका निर्देशक केनेथ रथ र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका अध्यक्ष कार्ल गर्सम्यान पनि रहेका छन् ।

अमेरिकाले शुक्रबार हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र १० जना चिनियाँ वरिष्ट अधिकारीको संयुक्तराज्य अमेरिकामा रहेका सम्पत्ति रोक्का राख्ने घोषणा गरेको थियो । चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेपछि त्यसको विरोधमा अमेरिकाले कडा प्रतिबन्धहरु घोषणा गरेको बताइएको छ ।

अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र प्रतिबन्धहरु घोषणा गरिएका अरु चिनियाँ वरिष्ट अधिकारीहरुले चीनका नीतिहरु हङकङमा कार्यान्वयनमा ल्याउन प्रमुख भूमिका निर्वाह गरेको आरोप लगाएको छ ।

प्रवक्ता झाओले अमेरिकी कदमले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको बताएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : ३६ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त