काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिन अत्यावश्यक बाहेकका सेवा बन्द | Khabarhub Khabarhub

काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिन अत्यावश्यक बाहेकका सेवा बन्द


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा प्रवाहलाई १५ दिनसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको नगरपालिका फोरमको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले उपत्यकाभित्र समूदायस्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा उपत्यकाबासीलाइ उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

उपत्यका नगरपालिका फोरमले हिजो मात्रै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग रक्षा मन्त्रालयमा छलफल गरी कोरोना रोकथाम तथा नियन्त्रणका उपायबारे सुझाव दिएको थियो ।

‘राजधानी घनावस्ती युक्त क्षेत्र रहेको हुँदा कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा बढेकाले प्रस्थान विन्दूबाट अबैध रुपमा/अनाधिकृत रुपमा मानिसहरु प्रवेश गर्ने र गराउनेलाई कार्यलाई पूर्णतः नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कोभिड-१९ को संक्रमण फैलनसक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा र्‍याली, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भिडहुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन समेत बैठकले अनुरोध गरेको छ ।

उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं प्रवेशमा रोक नलगाइँदा स्थिति भयावह बन्ने अवस्था सिर्जना भएको बताउँदै अब नकामा कडाई गर्नुको अर्को विकल्प नभएको बताए ।

बैठकका निर्णय यस्ता छन्-

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : ४१ बजे

पार्टी छोड्ने चर्चापछि तोसिमाले भनिन् ‘मेरो बारेमा चिन्ता लिनुको साटो देशको बारेमा सोच्नुहोस’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टी छोड्न लागेको

विध्वंशले निम्त्याएको तनाव कसरी व्यवस्थापन गर्ने ?

जेनजीको आन्दोलनमा स्कूले पोसाकमा थुप्रै किशोर किशोरीले वीरगति प्राप्त गरे

चुनाव ६ महिनामा सम्भव छ : निर्वाचन आयोग

काठमाडौँ – ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव गराउन निर्वाचन आयोग

मोरङमा कार्यालय प्रमुखहरूको बैठक, क्षतिको मूल्याङ्कनपछि सेवा सुरु गरिने

विराटनगर– मोरङ जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकले जेनजी प्रदर्शनका क्रममा भएको

आन्दोलनकारीको पहिलो निशानामा परेको संसद् : क्षतिको मूल्याङ्कन र सेवा सञ्चालन सँगसँगै

काठमाडौं– ‘जेन जी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित