कांग्रेस पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलका ७ बुँदे प्रस्ताव « Khabarhub

कांग्रेस पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलका ७ बुँदे प्रस्ताव


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको आगामी महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पुनर्जागरणका लागि सात बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्।

पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय साकार पार्न कर्मशील कांग्रेसको निर्माण’ अभियानसहित सोमबार सातबुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्।

उनले सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि, देशभक्ति र फराकिलो राष्ट्रवादी विचारले कांग्रेस बलियो हुने जनाएका छन्।

उनले संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस बनाउने आफ्नो दृष्टिकोण रहेको भन्दै न्याय, पारदर्शी मूल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार हुने उल्लेख गरेका छन्।

नेता पौडेलले लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोबास, व्यवस्थाको प्रश्न, सामाजिक–धार्मिक सद्भाव र परराष्ट्र सम्बन्धबारे दृष्टिकोण स्पष्ट पारेका हुन्।

उनले ७ बुँदे प्रस्तावमा नेपालको अखण्डता र स्वाभिमानको रक्षा, बलियो अर्थ–कुटनीतिक अभ्यास, भाइचारामा आधारित असंलग्न नीति, विभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवर्द्धन गर्ने लक्ष्य उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : ३९ बजे

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन