कांग्रेस पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलका ७ बुँदे प्रस्ताव « Khabarhub

कांग्रेस पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलका ७ बुँदे प्रस्ताव


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको आगामी महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पुनर्जागरणका लागि सात बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्।

पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय साकार पार्न कर्मशील कांग्रेसको निर्माण’ अभियानसहित सोमबार सातबुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्।

उनले सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि, देशभक्ति र फराकिलो राष्ट्रवादी विचारले कांग्रेस बलियो हुने जनाएका छन्।

उनले संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस बनाउने आफ्नो दृष्टिकोण रहेको भन्दै न्याय, पारदर्शी मूल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार हुने उल्लेख गरेका छन्।

नेता पौडेलले लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोबास, व्यवस्थाको प्रश्न, सामाजिक–धार्मिक सद्भाव र परराष्ट्र सम्बन्धबारे दृष्टिकोण स्पष्ट पारेका हुन्।

उनले ७ बुँदे प्रस्तावमा नेपालको अखण्डता र स्वाभिमानको रक्षा, बलियो अर्थ–कुटनीतिक अभ्यास, भाइचारामा आधारित असंलग्न नीति, विभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवर्द्धन गर्ने लक्ष्य उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : ३९ बजे

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन