अन्तिम टी-२० मा इंग्ल्याण्डलाई हराएको अष्ट्रेलिया बरियताको शीर्ष स्थानमा « Khabarhub

अन्तिम टी-२० मा इंग्ल्याण्डलाई हराएको अष्ट्रेलिया बरियताको शीर्ष स्थानमा


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तेस्रो तथा अन्तिम टी-२० खेलमा इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको अष्ट्रेलिया फेरि टी-२० विश्व बरियतामा शीर्ष स्थानमा उक्लिएको छ ।

अष्ट्रेलियाको जीतसँगै तीन टी-२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो ।

लगातार दुई जीतले इंग्ल्याण्ड विश्व बरियतामा शीर्ष स्थानमा समेत उक्लिएको थियो । दुबै टोलीको समान २ सय ७३ रेटिङ अंक हुँदा तेस्रो खेल जीत्ने टोली विश्व बरियतामा शीर्ष स्थानमा उक्लिने समीकरण बनेको थियो ।

जीतका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । जीतसँगै अष्ट्रेलिया २ सय ७५ रेटिङ अंकका साथ शीर्ष स्थानमा पुगेको छ ।

दोस्रो स्थानमा रहेको इंग्ल्यान्डको समान खेलमा २ सय ७१ रेटिङ अंक छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ६ : ०२ बजे

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई