साउदीमा अलपत्र नेपाली श्रमिकहरूको सहज स्वदेश फिर्तीको व्यवस्था गर्न एनआरएनएको माग « Khabarhub

साउदीमा अलपत्र नेपाली श्रमिकहरूको सहज स्वदेश फिर्तीको व्यवस्था गर्न एनआरएनएको माग



दोहा- साउदी अरबमा अलपत्र परेका नेपाली श्रमिकहरुको सहजरूपमा स्वदेश फिर्तीको व्यवस्था गर्न एनआरएनए नेपाली दूतावासलाई आग्रह गरेको छ ।

श्रमिकले चाहेर पनि विभिन्न कारणले नेपाल फर्कन नपाएका हजारौँ नेपालीहरूले सास्ती भोग्नु परेको भन्दै एनआरएनए साउदीले नेपाली दूतावासलाई ज्ञापनपत्र बुझाएको छ ।

स्वदेश फर्कने यात्रुहरुको सहज रुपमा हवाई टिकट उपलब्ध हुन नसक्दा रोजगारी गुमाएका नेपाली श्रमिकहरु थप पीडामा रहेको भन्दै तत्काल स्वदेश फिर्तीका लागि सहजीकरण गर्न दूतावासालाई आग्रह गरिएको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले जानकारी दिए ।

दैनिक उडान हुन् नसक्दा साउदीमा नेपाली श्रमिक अलपत्र पर्ने क्रम बढकाले उडान संख्या थप्न प्रबन्ध गर्न आग्रह गरिएको उनले जानकारी दिए ।

साउदीको रियादस्थित साउदी मेनपावर सेर्विसेस कम्पनी (समास्को) मा केही दिनअघि स्वदेश नफर्काएको भन्दै नेपाली श्रमिकहरुले नेपाल सरकार तथा नेपाली दूतावासविरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ८ : ४२ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा