कोरोना महामारी नियन्त्रण गर्न डा. पाण्डेका यस्ता सुझाव | Khabarhub Khabarhub

कोरोना महामारी नियन्त्रण गर्न डा. पाण्डेका यस्ता सुझाव


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरस फैलन नदिन भन्दै लामो समय लकडाउन गरियो । यसको असर सबै क्षेत्रमा परेको छ । आम मानिसको जनजीवन प्रभावित बनेको छ ।

लकडाउनका कारण जनता आजित बनेका छन् । विद्यार्थीहरू पुनः स्कूल/कलेज जान प्रतीक्षा गरिरहेका छन् । डाक्टरहरूले कोरोना संक्रमण फैलिन नदिन विभिन्न सुरक्षाका उपाय अपनाउनुपर्ने बताएका छन् ।

अर्कातिर, कोरोनाको महामारीले सिर्जना गरेको यो समस्या सामान्य हुन लामो समय लाग्ने विशेषज्ञहरूले बताउँदै आएका छन् ।

यसैबीच जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोनाबाट जोगिन सुरक्षाका साधन अपनाउन सकियो र सचेत भइयो भने कोरोना नियन्त्रणमा आउने बताएका छन् ।

उनले घरबाहिर जाँदा सबैले अनिवार्य रुपमा मास्क लगाउन सुझाव दिएका छन् भने कम्तीमा ६ फिटको दूरी कायम गर्नुपर्ने बताएका छन् । उनले प्रत्येक नागरिकले घरभित्र बसेमा कोरोना संक्रमण छिट्टै नियन्त्रणमा आउने पनि बताएका छन् ।

डा. पाण्डेले सामाजिक सञ्जालमार्फत दिएको सुझाव यस्तो छः

घरबाहिर जाँदा सबैले सहि तरिकाले अनिवार्यरुपमा मास्क लगाउने, जहाँ पनि ६ फिटको दुरी कायम गर्ने, हात सफा गरिरहने, भीडभाडमा नजाने तथा खुला ठाउँमा बसेर कुराकानी गर्नेजस्ता काम सबै नागरिकले अनुशासित भएर पालना गर्यौं भने –
– कहिल्यै लकडाउन हुँदैन ।
– कहिल्यै निषेधाज्ञा हुँदैन ।
– अस्पतालमा भर्ना हुनुपर्दैन ।
– आइसीयुमा पुग्नु पर्दैन ।
– भेन्टिलेटरमा जानु पर्दैन ।
– कोभिडको कारण मृत्यु हुँदैन ।
– हाम्रा काम तथा ब्यवसाय चलिरहन्छन् ।
– छोटो समयमा महामारी नियन्त्रण हुन्छ ।
– खोपको लागि चिन्तित हुनुपर्दैन ।
– हाम्रो जीवन र जीविका दुवै बच्छ ।
– देशको अर्थतन्त्र धरासायी हुँदैन ।
– जनजीवन पहिलेजस्तै सुचारु हुन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १२ : १० बजे

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको