कोरोना महामारी नियन्त्रण गर्न डा. पाण्डेका यस्ता सुझाव « Khabarhub

कोरोना महामारी नियन्त्रण गर्न डा. पाण्डेका यस्ता सुझाव


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरस फैलन नदिन भन्दै लामो समय लकडाउन गरियो । यसको असर सबै क्षेत्रमा परेको छ । आम मानिसको जनजीवन प्रभावित बनेको छ ।

लकडाउनका कारण जनता आजित बनेका छन् । विद्यार्थीहरू पुनः स्कूल/कलेज जान प्रतीक्षा गरिरहेका छन् । डाक्टरहरूले कोरोना संक्रमण फैलिन नदिन विभिन्न सुरक्षाका उपाय अपनाउनुपर्ने बताएका छन् ।

अर्कातिर, कोरोनाको महामारीले सिर्जना गरेको यो समस्या सामान्य हुन लामो समय लाग्ने विशेषज्ञहरूले बताउँदै आएका छन् ।

यसैबीच जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोनाबाट जोगिन सुरक्षाका साधन अपनाउन सकियो र सचेत भइयो भने कोरोना नियन्त्रणमा आउने बताएका छन् ।

उनले घरबाहिर जाँदा सबैले अनिवार्य रुपमा मास्क लगाउन सुझाव दिएका छन् भने कम्तीमा ६ फिटको दूरी कायम गर्नुपर्ने बताएका छन् । उनले प्रत्येक नागरिकले घरभित्र बसेमा कोरोना संक्रमण छिट्टै नियन्त्रणमा आउने पनि बताएका छन् ।

डा. पाण्डेले सामाजिक सञ्जालमार्फत दिएको सुझाव यस्तो छः

घरबाहिर जाँदा सबैले सहि तरिकाले अनिवार्यरुपमा मास्क लगाउने, जहाँ पनि ६ फिटको दुरी कायम गर्ने, हात सफा गरिरहने, भीडभाडमा नजाने तथा खुला ठाउँमा बसेर कुराकानी गर्नेजस्ता काम सबै नागरिकले अनुशासित भएर पालना गर्यौं भने –
– कहिल्यै लकडाउन हुँदैन ।
– कहिल्यै निषेधाज्ञा हुँदैन ।
– अस्पतालमा भर्ना हुनुपर्दैन ।
– आइसीयुमा पुग्नु पर्दैन ।
– भेन्टिलेटरमा जानु पर्दैन ।
– कोभिडको कारण मृत्यु हुँदैन ।
– हाम्रा काम तथा ब्यवसाय चलिरहन्छन् ।
– छोटो समयमा महामारी नियन्त्रण हुन्छ ।
– खोपको लागि चिन्तित हुनुपर्दैन ।
– हाम्रो जीवन र जीविका दुवै बच्छ ।
– देशको अर्थतन्त्र धरासायी हुँदैन ।
– जनजीवन पहिलेजस्तै सुचारु हुन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १२ : १० बजे

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए

भारी वर्षापछि लुम्बिनीका मुख्य सात सडक अवरुद्ध

बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी

पछिल्लो बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

काठमाडौँ, अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

रुस–युक्रेनबीच हवाई आक्रमण तीव्र, सात जनाको मृत्यु

किएभ । रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा

बाजागाजासहित इन्द्रायणीलाई द्यो छेँ इन्द्रलाई भित्र्याउँदै जात्रा सम्पन्न

भक्तपुर । इन्द्रजात्राको दिन सुरु भएको भक्तपुरको इन्द्र दह अर्थात