एकताको बलमै चुनौती छिचोलिएको हो : मुख्यमन्त्री पौडेल « Khabarhub

एकताको बलमै चुनौती छिचोलिएको हो : मुख्यमन्त्री पौडेल


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविध भाषा, धर्म, संस्कृति, परम्पराका बीच पनि नेपालीहरुमा रहेको सहअस्तित्व, समभाव, राष्ट्रिय भावना र एकताको बलमा नै अनेकौँ चुनौतीहरु छिचोल्दै राष्ट्र यहाँसम्म आइपुगेको बताए ।

थारु महिलाको महान चाड जितिया पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले जितिया पर्वले आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा समृद्धितर्फको यात्रामा दृढ सङ्कल्प, इमान्दार प्रयत्न एवं अथक मेहनतका साथ लाग्न थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

पौडेलले सन्देशमा भनेका छन्, ‘चितवनसहित मधेसका विभिन्न जिल्लामा मनाइने जितिया पर्वको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।’

‘वाग्मती प्रदेशको चितवन जिल्लामा थारु महिलाद्वारा विशेषरूपमा मनाइने यस पर्वमा निराहार व्रत बसी झाम्टा नाच नाच्ने गरिन्छ । यो पर्व तीन दिनसम्म मनाइन्छ । जितियामा व्रत बसे आफ्नो मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । जितिया पर्व मिथिला क्षेत्रमा समेत धुमधामका साथ मनाइँदै आएको छ । धार्मिक तथा सांस्कृतिकरूपमा समेत यस पर्वले आपसी सद्भाव, भाइचारा, प्रेम र करुणाको सन्देश दिँदै आएको छ’, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १ : ५८ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल