एकताको बलमै चुनौती छिचोलिएको हो : मुख्यमन्त्री पौडेल « Khabarhub

एकताको बलमै चुनौती छिचोलिएको हो : मुख्यमन्त्री पौडेल


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविध भाषा, धर्म, संस्कृति, परम्पराका बीच पनि नेपालीहरुमा रहेको सहअस्तित्व, समभाव, राष्ट्रिय भावना र एकताको बलमा नै अनेकौँ चुनौतीहरु छिचोल्दै राष्ट्र यहाँसम्म आइपुगेको बताए ।

थारु महिलाको महान चाड जितिया पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले जितिया पर्वले आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा समृद्धितर्फको यात्रामा दृढ सङ्कल्प, इमान्दार प्रयत्न एवं अथक मेहनतका साथ लाग्न थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

पौडेलले सन्देशमा भनेका छन्, ‘चितवनसहित मधेसका विभिन्न जिल्लामा मनाइने जितिया पर्वको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।’

‘वाग्मती प्रदेशको चितवन जिल्लामा थारु महिलाद्वारा विशेषरूपमा मनाइने यस पर्वमा निराहार व्रत बसी झाम्टा नाच नाच्ने गरिन्छ । यो पर्व तीन दिनसम्म मनाइन्छ । जितियामा व्रत बसे आफ्नो मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । जितिया पर्व मिथिला क्षेत्रमा समेत धुमधामका साथ मनाइँदै आएको छ । धार्मिक तथा सांस्कृतिकरूपमा समेत यस पर्वले आपसी सद्भाव, भाइचारा, प्रेम र करुणाको सन्देश दिँदै आएको छ’, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १ : ५८ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय