कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द « Khabarhub

कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको गरुडा बजारस्थित राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बैंक अनिश्चितकालका लागि बन्द गरिएको छ।

बैंकका शाखा प्रबन्धक घनश्याम कटुवालले एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अधिकांश कर्मचारीमा लक्षण देखिएकाले सेवा प्रवाह बन्द गरिएको बताए।

पहिलेदेखि नै कर्मचारीको ग्राहकसित प्रत्यक्ष भेटघाट नभई सीमित कर्मचारीमार्फत् सेवा प्रवाह गराइरहेकोले कर्मचारीबाट ग्राहकमा संक्रमणको भने सम्भावना नरहेको कटुवालले बताए।

अधिकांश कर्मचारीमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गरिने बैंकले जनाएको छ।

परीक्षणको नतिजा नआउन्जेलसम्म सबै कर्मचारी आइसोलेसनमा बस्नुपर्ने हुँदा बैंकबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको शाखा प्रबन्धक कटुवालले बताए।

उनका अनुसार गरुडा नगरपालिकालाई कोरोना परीक्षणको पहलका लागि जानकारी गराइएको छ। कर्मचारी संक्रमित भएपछि बैंकको केन्द्रीय कार्यालयले शाखा सिल गर्न निर्देशन दिइसकेको छ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  २ : २७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र