१३ वर्षपछि पत्रकार साहका हत्यारा पटेल पक्राउ « Khabarhub

१३ वर्षपछि पत्रकार साहका हत्यारा पटेल पक्राउ


२५ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको सदरमुकाम कलैयास्थित कोल्हवी-४ सपही टोलबाट हरेराम पटेललाई विहीवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले बताए ।

महागढीमाई नगरपालिका वडा नं. २ तेलकुवा घर भएका पटेल लुकी छिपी बस्दै आएका थिए ।

पत्रकार साहको हत्या भएको १३ वर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पत्रकार साहलाई तत्कालीन नेकपा माओवादीका बाराका जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल सहितले २०६४ असोज १८ गते बाराको ढोडिया पिपरा बजारबाट अपहरण गरेका थिए ।

अपहरण गरेका ३४ दिन पछि साहको शव २०६४ कार्तिक २२ गते टाँगिया बस्ती जङ्गलमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ९ : १९ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको