काठमाडौं महानगर वडा १८ भित्र फुटपाथ पसल संचालनमा रोक « Khabarhub

काठमाडौं महानगर वडा १८ भित्र फुटपाथ पसल संचालनमा रोक


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका वडा-१८ मा फुटपाथ पसल र ठेलगाडा संचालनमा रोक लगाइएको छ।

कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै वडा-१८ ले फुटपाथ पसल र ठेलगाडा संचालनमा रोक लगाएको हो ।

महानगरको नीति बमोजित फुटपाथ पसल संचालन गर्न नपाउने भएकाले वडा क्षेत्रमा उक्त पसल संचालनमा प्रतिबन्ध लगाइएको वडा अध्यक्ष न्हुछेकाजी महर्जनले बताए।

वडाको आग्रह विपरित कसैले फुटपाथ र ठेलगाडा पसल संचालन गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने वडा कार्यालयले जनाएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट निषेधाज्ञा खुकुलो गर्दै सीमित व्यापार व्यवसायहरु खोल्न अनुमति दिएको थियो। जसमा फुटपाथ पसल संचालन गर्न पनि प्रशासनले स्वीकृति दिएको थियो ।

तर, वडा-१८ ले भने कोरोनाको जोखिमलाई मध्यनजर गर्दै रोक लगाएको हो ।

वडा कार्यालयद्वारा जारी विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ९ : ४३ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको

सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ

काठमाडौं– प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार,

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

काठमाडौं– जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

बढ्दैछ महोत्तरीमा कोदोखेती

महोत्तरी– महोत्तरी जिल्लामा तीनरचार दशकयता निकै घटेको कोदाको खेती पछिल्लो