अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमण « Khabarhub

अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमण


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई महिनादेखि कोरोना संक्रमण दर कम हुँदै गएको अमेरिकामा संक्रमित संख्या फेरि बढ्न थालेको छ ।

अगस्ट १४ पछि शुक्रबार सर्वाधिक संक्रमण देखिएको अमेरिकामा शनिबार संक्रमित संख्या झन् बढेको छ ।

पछिल्लो २४ घण्टामा ५९ हजार ९७१ जनामा संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख ९३ हजार ८९१ पुगेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार संक्रमितमध्ये अहिलेसम्म ५० लाख ५९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २६ लाख १६ हजार २०० जनामध्ये १४ हजार ६६७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९०४ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १८ हजार ६४२ पुगेको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ६ : ३६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण