कुलमान प्राधिकरणबाट बाहिरिएसँगै विद्युत कटौती बढ्यो, ६ जिल्लामा आज पनि  विद्युत कटौती « Khabarhub

कुलमान प्राधिकरणबाट बाहिरिएसँगै विद्युत कटौती बढ्यो, ६ जिल्लामा आज पनि  विद्युत कटौती


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट  कुलमान घिसिङ बाहिरिएसँगै विद्युत कटौतीको समस्या बढ्न थालेको छ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सूचना दिएर मात्रै विद्युत कटौती गर्न निर्देशन दिए पनि सुधारका अन्य उपायबारे निर्देशन दिएको छैन । तथापि मर्मतसम्भार लगायतका प्राबिधिक समस्याले विद्युत कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाका अनुसार चुस्तरूपमा सिस्टम नबनेसम्म यो समस्या कायमै रहने रहनेछ । यस्तो समस्या विगतमा पनि रहेको उनले बताएका छन् । यद्यपि उपभोक्तालाई समस्या नहुने गरी छिटो मर्मतसम्भारको व्यवस्था गरिएको उनले बताए ।

आज ६ जिल्लामा विद्युत कटौती

नेपाल विद्युत् प्रधिकरणले आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती गरेको छ ।

शुक्रबार प्राधिकरणले निकालेको सूचना अनुसार आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का विभिन्न स्थान तथा काभ्रे, सुनसरी र धनकुटामा विद्युत कटौती हुने जनाएको छ ।

सुनसरीको धरान तथा इटहरीका विभिन्न क्षेत्रमा ७ बजेबाटै विद्युत कटौती भइसकेको छ । अब दिउँसो ३ बजे मात्रै ती क्षेत्रमा विद्यु उपलब्ध हुनेछ ।

धनकुटाका पनि विभिन्न क्षेत्रमा बिहान ७ बजेदेखि नै विद्युत कटौती भएको छ । त्यहाँ अब साँझ ५ बजेमात्रै विद्युत आउने प्राधिकरणले जनाएको छ ।

यस्तै काभ्रेमा ९ बजेदेखि विद्युत कटौती गरिने भएको छ भने काठमाडौँ उपत्यकाका जोरपाटी वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि विद्युत कटौती हुनेछ । यस क्षेत्रको विद्युत साँझ ५ बजेमात्रै आउनेछ ।

यस्तै पुल्चोक, कुलेश्वर र लगनखेल वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा ११ बजेदेखि विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

हेर्नुहोस् प्राधिकरणले निकालेको सूचना

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : ३८ बजे

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौँ– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक

बाख्रा पालनबाट स्वरोजगार

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइमा सुविधा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा

७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले विभिन्न ७ वटा निर्माण

काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

काभ्रेपलाञ्चोक– काभ्रेको कोशीपारिस्थित भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना