कुलमान प्राधिकरणबाट बाहिरिएसँगै विद्युत कटौती बढ्यो, ६ जिल्लामा आज पनि  विद्युत कटौती « Khabarhub

कुलमान प्राधिकरणबाट बाहिरिएसँगै विद्युत कटौती बढ्यो, ६ जिल्लामा आज पनि  विद्युत कटौती


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट  कुलमान घिसिङ बाहिरिएसँगै विद्युत कटौतीको समस्या बढ्न थालेको छ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सूचना दिएर मात्रै विद्युत कटौती गर्न निर्देशन दिए पनि सुधारका अन्य उपायबारे निर्देशन दिएको छैन । तथापि मर्मतसम्भार लगायतका प्राबिधिक समस्याले विद्युत कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाका अनुसार चुस्तरूपमा सिस्टम नबनेसम्म यो समस्या कायमै रहने रहनेछ । यस्तो समस्या विगतमा पनि रहेको उनले बताएका छन् । यद्यपि उपभोक्तालाई समस्या नहुने गरी छिटो मर्मतसम्भारको व्यवस्था गरिएको उनले बताए ।

आज ६ जिल्लामा विद्युत कटौती

नेपाल विद्युत् प्रधिकरणले आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती गरेको छ ।

शुक्रबार प्राधिकरणले निकालेको सूचना अनुसार आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का विभिन्न स्थान तथा काभ्रे, सुनसरी र धनकुटामा विद्युत कटौती हुने जनाएको छ ।

सुनसरीको धरान तथा इटहरीका विभिन्न क्षेत्रमा ७ बजेबाटै विद्युत कटौती भइसकेको छ । अब दिउँसो ३ बजे मात्रै ती क्षेत्रमा विद्यु उपलब्ध हुनेछ ।

धनकुटाका पनि विभिन्न क्षेत्रमा बिहान ७ बजेदेखि नै विद्युत कटौती भएको छ । त्यहाँ अब साँझ ५ बजेमात्रै विद्युत आउने प्राधिकरणले जनाएको छ ।

यस्तै काभ्रेमा ९ बजेदेखि विद्युत कटौती गरिने भएको छ भने काठमाडौँ उपत्यकाका जोरपाटी वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि विद्युत कटौती हुनेछ । यस क्षेत्रको विद्युत साँझ ५ बजेमात्रै आउनेछ ।

यस्तै पुल्चोक, कुलेश्वर र लगनखेल वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा ११ बजेदेखि विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

हेर्नुहोस् प्राधिकरणले निकालेको सूचना

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : ३८ बजे

पाँचदिने ‘भिडियो आर्ट इन्स्टलेसन’ कार्यशाला सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजदेखि ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु

कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस

काठमाडौं- जलन उपचारका लागि मुलुकको अग्रणी कीर्तिपुर अस्पतालमा बिरामीका लागि

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु

सद्भाव र सहअस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक

अर्कालाई धितोमा दिएको जग्गा लिलामी हुन लागेपछि बैंकभित्रै आगो लगाउन खोजे लालबहादुरले

इटहरी- सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एकजना ऋणीले पेट्रोल छर्केर