भोजपुर– टक्सार सडक कालोपत्रे शुरु « Khabarhub

भोजपुर– टक्सार सडक कालोपत्रे शुरु


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- प्रदेश– १ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ ।

जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा  कालोपत्रे गर्ने काम शुरु भएको हो ।

यसअघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए पनि निरन्तरको वर्षाले काम रोकिएको थियो । मौसममा सुधार आएपछि कामको थालनी भएको हो ।

प्रदेश सरकारको महत्वपूर्ण योजना भएकोले यसको गुणस्तरमा ध्यान दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए ।

प्रमुख रेड्डीले भने, ‘ काम गुणस्तरीय बनाउन लागेका छौँ, जिल्लामा पहिलो पटक यो प्रविधिबाट कालोपत्रे थालिएकोले यसमा बढी ध्यान दिएका छौँ ।’

गुणस्तरमा कमी आउन नदिन जिल्ला प्रशासन कार्यालयसँगै अन्य सरोकारवालाले अनुगमन गरिरहेका छन् ।

अनुगमनका क्रममा काम मापदण्ड अनुसारको रहेको पाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । प्रजिअ पुरीले भने,‘निर्माणका क्रममा आउने विभिन्न समस्या समाधानदेखि अनुगमनको पाटोमा हामीले विशेष ध्यान दिएका छौँ, हामीले हेर्दा सडकको गुणस्तर राम्रो नै छ ।’

काम गर्ने क्रममा कुनै यन्त्र उपकरणको समस्या नआएमा तथा मौसम राम्रो भएमा यो महिनामा काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

कालोपत्रेको काम शुरु गरेको भए पनि स्थानीय सरकार तथा सरोकारवालाले ट्रयाक्टर लगायतका ढुवानीका साधन सञ्चालनमा रोक नलगाउँदा भने काममा केही बाधा पुगेको कम्पनीको गुनासो छ ।

मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले भने, ‘तोकिएको समय भन्दा अगाडि सम्पन्न गर्ने लक्ष्यसाथ काम गरेको हो, वर्षातले कालोपत्रे गर्न सकिएन तर पनि छिटै सक्ने लक्ष्य छ ।’

रायामाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरिरहेको यो सडकको लम्वाई ५ किलोमिटर रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ८ : १८ बजे

मण्डनदेउपुरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

काभ्रेपलाञ्चोक– बनेपास्थित रेयुकाइ एईको मासुनागा आँखा अस्पतालले मण्डनदेउपुर नगरपालिकासँग स्थानीय

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले