विश्वभर ३ करोड ७१ लाखमा कोरोना संक्रमण, ७५ प्रतिशत निको « Khabarhub

विश्वभर ३ करोड ७१ लाखमा कोरोना संक्रमण, ७५ प्रतिशत निको


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३ करोड ७१ लाख ५  हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७५ दशमलव १८ प्रतिशत निको भएका छन् । अर्थात् २ करोड ७८ लाख ९६ हजार ८८० जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ५० हजार ५१७ जना संक्रमण मुक्त भएका छन् भने ३ लाख ५८ हजार ४४७ संक्रमित थपिएका छन् ।

यस्तै एकै दिन थप ५ हजार ८०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख ७२ हजार ६८६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख ९४ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ६९ लाख ७७ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख ५७ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २९ हजार ५४३ जनाको मृत्यु भएको छ । ५८ लाख ३५ हजार ८७२ जना संक्रमित भएकोमा २६ लाख १५ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : ३० बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको