चितवनमा थालियो प्लाज्मा सङ्कलन अभियान « Khabarhub

चितवनमा थालियो प्लाज्मा सङ्कलन अभियान


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोभिड–१९ सङ्क्रमित बिरामीको लागि आवश्यक पर्ने प्लाज्मा सङ्कलन अभियान शुरु गरेको छ ।

यहाँ बढी भएको प्लाज्मा देशैभर पठाएर सङ्क्रमित उपचार गर्न सहयोग पुगोस् भन्नका लागि अभियान शुरुआत गरिएको हो ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार हालसम्म ३८ युनिट प्लाज्मा सङ्कलन भइसकेको छ । गत सोमबार मात्र नेपाली काँग्रेस कोभिड–१९ अनुगमन समिति कावासोतीले एकैदिन ३३ युनिट प्लाज्मा सङ्कलन गरी केन्द्र पठाएको थियो । यसअघि पाँच जनाले केन्द्रमा नै आएर प्लाज्मा दान गरेका थिए ।

चेम्बर अफ कमर्शको ७०औँ स्थापना दिवसको अवसरमा जिल्लाका तीन ठाउँमा प्लाज्मा सङ्कलन गर्दैछ । चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठका अनुसार यही असोज २७ गते सशस्त्र प्रहरी बल नम्बर–३ गढीमाई बाहिनी वाग्मती प्रदेश भण्डारा, असोज २८ गते रत्ननगरको स्मार्ट फुड्स प्रालि र असोज २९ गते वडा प्रहरी कार्यालय नारायणगढमा प्लाज्मा सङ्कलन गरिँदैछ ।

यी तीनै ठाउँमा अत्यधिक सङ्क्रमण देखिएको थियो । उनले ती तीन ठाउँबाट १०० युनिटभन्दा वढी प्लाज्मा सङ्कलन हुने अनुमान गरेका छन् ।

केन्द्रका प्रमुख पौडेलका अनुसार काठमाडौँ, बुटवल, भक्तपुरलगायतका ठाउँबाट प्लाज्मा माग भइरहेको छ । उनले भने, “प्लाज्मा सङ्कलन अभियानका लागि सबै इच्छुक भएका छन् । यसले धेरैको ज्यान बचाउने छ ।”

प्लाज्मा चाहिए चितवन जाऊ भन्ने अभियान सञ्चालन गर्न सक्ने गरी केन्द्रले काम गरीरहेको उनको भनाइ छ । हालसम्म सङ्कलन भएका प्लाज्मामध्ये चारवटा प्रयोगमा आइसकेका छन् । प्लाज्मा छ महिनासम्म प्रयोग गर्न सकिन्छ ।

सङ्क्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ । यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ । जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जलि अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदै आएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसबाट गम्भीर अवस्थाका सङ्क्रमितको उपचार गर्न सहयोग पुग्छ ।

रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो । निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्न सक्ने क्षमता यसले विकास गर्ने उनको भनाइ छ ।

उनले रक्तसञ्चार केन्द्रमा प्लाज्मा जगेडा हुने गरी बैंकको विकास गर्न लागिएको जानकारी दिए । अध्यक्ष डा अधिकारीका अनुसार जुन अस्पतालका सङ्क्रमितलाई प्लाज्मा दिनुपर्छ त्यतिबेला दिन सहज हुनेगरी व्यवस्थापन गर्न लागिएको हो । केन्द्रलाई प्लाज्मा सङ्कलनका लागि भरतपुर अस्पतालले सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ३ : ०८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी