अमेरिकी राष्ट्रपति उम्मेदवारको बहस रद्द « Khabarhub

अमेरिकी राष्ट्रपति उम्मेदवारको बहस रद्द


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति पदका लागि दुई उम्मेदवारबीचको दोस्रो बहस रद्द भएको छ ।

आगामी कार्यकालका लागि पनि राष्ट्रपति पदका उम्मेदवार रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेका छन् ।

यसअघि राष्ट्रपति पदका लागि अर्का उम्मेदवार डेमोक्रेटिकका जोए बाइडेनले ट्रम्प कोरोनामुक्त नभई उनीसँगको बहसमा प्रत्यक्ष भाग नलिने अडान लिएका थिए ।

ट्रम्पले पनि दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्द गरेको हो ।

राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्ने गरी दोस्रो बहसको तयारी गरिरहेको थियो । जोए बाइडेनले भने भर्चुअल बहसका लागि आफू तयार नै रहेको बताउँदै आएका थिए ।

गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका ट्रम्प तीन दिनको अस्पताल बसाइपछि ह्वाइट हाउस फर्केका थिए । कोरोना पुष्टि भएको एक सातामै आफू पूर्ण स्वस्थ दाबी गर्दै उनले चुनावी र्‍यालीमा भने सहभागी हुने बताएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : १६ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले