चिकित्सक संघको आन्दोलनमा आवासीय डाक्टरको ऐक्यबद्धता « Khabarhub

चिकित्सक संघको आन्दोलनमा आवासीय डाक्टरको ऐक्यबद्धता


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै आवासीय चिकित्सक पनि आन्दोलित भएका छन्।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक भइसक्दा पनि वार्ता औपचारिकतामा मात्र सीमित भएको भन्दै उनीहरुले चिकित्सक संघले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

डा केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले संघले आइतबार देशभर कोभिड र आकस्मिकबाहकेका सबै सेवा बहिष्कार गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत् जानकारी गराएको थियो।

त्रिवि शिक्षण अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालका आवासीय चिकित्सकहरूले संघको आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेका हुन्।

नेशनल रेजिडेन्ट डाक्टर्स एशोसियसन, रेजिडेन्ट एशोसियसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन्।

२७ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ८ : ४५ बजे

एसियाली खेलकुदअघि हुन लागेको भारत र जापानको खेल वर्षाले प्रभावित

टोकियो – एसियाली खेलकुदमा सहभागी हुन जापान पुगेको विश्व विजेता

मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्ण : महाप्रबन्धक राई

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले विश्वमा हाल

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज सदस्यले धारणा राख्ने, समय तीन मिनेट

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

डाटा सेन्टरको समस्या समाधान, शेयर कारोबार सञ्चालन हुने

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा