भिजिट भिसाको म्याद सकिएकाले नोभेम्बर भित्र कुवेत छोड्नु पर्ने « Khabarhub

भिजिट भिसाको म्याद सकिएकाले नोभेम्बर भित्र कुवेत छोड्नु पर्ने


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- भिजिट भिसा समाप्त भएर पनि कवेतमा बसेकाहरूले  नोभेम्बर ३० अघिनै मुलुक छोड्नु पर्ने त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबै प्रकारका भिजिट भिसामा प्रवेश गरेका र म्याद सकिएका सबैलाई कुवेत छोड्न अनुरोध गरेको छ । भिजिट समाप्त भएकाहरुलाई यात्रा प्रक्रिया सुरू गर्नसमेत अनुरोध गरिएको छ ।

अटेरी गरेर बस्ने सबैलाई डिपोट गरी पठाइने मन्त्रालयलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ । यसरी पठाईएका जो कोहीले पनि फेरि कुवेत प्रवेश गर्न पाउने छैन् ।

सबै प्रायोजकहरू र रोजगारदाताहरूलाई उनीहरूको प्रायोजित व्यक्तिको रेसिडेन्सी भिसा भएकाहरुको नोभेम्बर ३० सम्म सिभिल आइडी बनाउन मन्त्रालयको वेबसाइट मार्फत वा निवास सम्बन्ध विभागमा गएर नवीकरण गर्न अनुरोध गरिएको छ।

कोरोना भाइरसको विषम परिस्थितिका कारण  नेपाललगायतका विभिन्न मुलुकहरूमा अन्तर्राष्ट्रिय हवाई उडानहरू (चार्टर्ड उडान बाहेक) संचालनमा नआएपछि कुवेतले भिसाको म्याद थप्दै आएको थियो ।

पहिले थप गरिएको ३ महिनाको अवधिसमेत समाप्त भएपछि कुवेतले थप ३ महिना (३० नोभेम्बरसम्म)को भिसाको म्याद थपेको थियो ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ४० बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका