गोकुल बाँस्कोटाको व्यंग्य- प्रधानमन्त्रीलाई खतरा कारबाहीको तयारी रे, प्रतिक्षा त गर्नै परो ! « Khabarhub

गोकुल बाँस्कोटाको व्यंग्य- प्रधानमन्त्रीलाई खतरा कारबाहीको तयारी रे, प्रतिक्षा त गर्नै परो !


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले व्यंग्यात्मक ट्वीट गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वाशिला पात्रसमेत मानिने  बाँस्कोटाले ओलीमाथि पार्टीले कारबाही गर्न लागेको विषय बाहिरिरहँदा उनले त्यसमा व्यंग्य गर्दै ट्वीट गरेका छन् ।

आज बिहान व्यंग्यात्मक शैलीमा ट्वीट गर्दै बाँस्कोटाले ओलीमाथि कारबाही हुने कुरो पत्यार नलागेको तर, पनि प्रतिक्षा गरिरहेको बताएका छन्।

‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब।’

नेकपाभित्र अध्यक्ष ओली पार्टी निर्णयविपरित एकलौटी ढंगले चलेको आरोप लगाउँदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता उनीसँग रूष्ट छन् ।

बुहमत सचिवालय सदस्यले ओलीलाई सचिवालय बैठक डाक्न दिएको समयसीमा गुज्रिदा पनि निर्णय नभएपछि अर्को पक्ष बैठक डाक्ने तयारीमा लागेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ५५ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,