गोकुल बाँस्कोटाको व्यंग्य- प्रधानमन्त्रीलाई खतरा कारबाहीको तयारी रे, प्रतिक्षा त गर्नै परो ! « Khabarhub

गोकुल बाँस्कोटाको व्यंग्य- प्रधानमन्त्रीलाई खतरा कारबाहीको तयारी रे, प्रतिक्षा त गर्नै परो !


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले व्यंग्यात्मक ट्वीट गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वाशिला पात्रसमेत मानिने  बाँस्कोटाले ओलीमाथि पार्टीले कारबाही गर्न लागेको विषय बाहिरिरहँदा उनले त्यसमा व्यंग्य गर्दै ट्वीट गरेका छन् ।

आज बिहान व्यंग्यात्मक शैलीमा ट्वीट गर्दै बाँस्कोटाले ओलीमाथि कारबाही हुने कुरो पत्यार नलागेको तर, पनि प्रतिक्षा गरिरहेको बताएका छन्।

‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब।’

नेकपाभित्र अध्यक्ष ओली पार्टी निर्णयविपरित एकलौटी ढंगले चलेको आरोप लगाउँदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता उनीसँग रूष्ट छन् ।

बुहमत सचिवालय सदस्यले ओलीलाई सचिवालय बैठक डाक्न दिएको समयसीमा गुज्रिदा पनि निर्णय नभएपछि अर्को पक्ष बैठक डाक्ने तयारीमा लागेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ५५ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका