नेकपा विवाद: प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड « Khabarhub

नेकपा विवाद: प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकको माग गर्ने चार नेतालाई भेट्नुअघि ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रचण्ड र सचिवालय बैठकको माग गर्ने सचिवालय सदस्य वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच अपराह्न ४ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रचण्ड र ओलीबीचको भेटमा हाल नेकपामा देखिएको विवाद र सचिवालय बैठकबारे छलफल हुने स्रोतले बताएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ३ : ४२ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको