नेपालमा पछिल्लो २४ घण्टामा थपिए २७३६ कोरोना संक्रमित, २२ को मृत्यु « Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २७३६ कोरोना संक्रमित, २२ को मृत्यु


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८०३५ रहेको छ ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ थियो ।

पछिल्लो २४ घण्टामा थप ८५३  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६० हजार ५७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४८ पुगेको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ४ : २४ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते