प्रदेश १ मा ३१५ संक्रमित थपिए, ५१६ डिस्चार्ज « Khabarhub

प्रदेश १ मा ३१५ संक्रमित थपिए, ५१६ डिस्चार्ज


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना सङ्क्रमित थपिएका छन् भने ५१६ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमितमा १२४ महिला र १९१ जना पुरुष छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा १०० मध्ये विराटनगरमा ६३, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा तीन, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा दुई÷दुई, इलाम र पाँचथरमा एक÷एक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५१३ पुगेको छ भने अहिलेसम्ममा १५ हजार ३१५ जना निको भएर घर फर्किएका छन् । अहिले पनि यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १९८ रहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार १७९ जनासहित एक लाख ७३ हजार ६७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । आज होमआइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या ५१० छन् भने छ जना अन्य स्थानबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १० : १७ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले