इंग्लिस प्रिमियर लिग : शेफिल्ड युनाइटेड पाँचौँ स्थानमा उक्लियो | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : शेफिल्ड युनाइटेड पाँचौँ स्थानमा उक्लियो


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा जित निकाल्दै शेफिल्ड युनाइटेड पाँचौँ स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले वेष्टह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । शेफिल्डका लागि ओली म्याकबर्नीले ५३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि शेफिल्ड युनाइटेड म्यानचेस्टर युनाइटेड र टोटनह्यामलाई पछि पारेर पाँचौँ स्थानमा उक्लिएको हो । उसको २२ खेलबाट ३२ अंक भएको छ ।

म्यानचेस्टर युनाइटेडको २१ खेलबाट ३१ तथा टोटनह्यामको २१ खेलबाट ३० अंक रहेको छ । पराजित भएको वेष्टह्याम युनाइटेड २१ खेलबाट २२ अंकसहित १६ औँ स्थानमा छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ६ : ३० बजे

राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा

फिल्म हल आजदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म

यी भूभागमा मध्यमदेखि भारी वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ओमप्रकाश अर्याल गृहमन्त्री बन्ने भएपछि जेनजीमा विवाद : मध्यरातमा बालुवाटारमा प्रदर्शन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित

काठमाडौं – एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ।