धेरै चिया पिउनुहुन्छ ? ख्याल गर्नुहोस्, यस्ता छन् १५ बेफाइदा « Khabarhub

धेरै चिया पिउनुहुन्छ ? ख्याल गर्नुहोस्, यस्ता छन् १५ बेफाइदा


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अधिकाशं नेपाली दिनचर्या बिहानको चियाबाट शुरु हुन्छ । पाहुना जादाँ वा आउँदा चियाले नै सत्कार गरिन्छ ।

कुनै भेटघाट वा जमघटमा पनि चिया पिउनु अनिवार्य झै बनेको छ । चिया औपचारिकता होइन, एक प्रकारले नेपाली संस्कार झै बनेको छ ।

त्यसैले चियालाई नेपालीको राष्ट्रिय पेय भने पनि फरक पर्दैन । तर चिया धेरै पिउँदा यसले शरीरमा नकारात्मक असर पार्ने गर्दछ ।

कालो चिया पिउनु केहि हदसम्म फाइदाजनक भएपनि दूध चिया भने स्वास्थ्यका लागी हानिकारक मानिन्छ ।

यस्ता छन् धेरै चिया पिउदा हुने १५ बेफाइदाहरु :

१. अत्यधिक चिया पिउने मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।

२. चिया पकाउदा चियापत्तिलाई धेरैबेर उमाल्नु हुदैन यसले शरीरमा असर पार्दछ ।

३. चिया पिउँदा शरीर तातो हुन्छ भने मान्यता छ तर चियाले शरीरलाई तातो पार्दैन ।

४. एकै पटक धेरै चिया बनाई त्यसैलाई पटक पटक तताएर चिया पिउनु हुदैन ।

५. तातो चिया पिउने मानिसमा भोजन नलीको समस्या देखा पर्दछ ।

६. चियालाई ताततातो पिउनु हुदैन, केहिबेर सेलाएर मात्र पिउनु पर्छ ।

७. धेरै चियापती हालेर चिया खानु हुदैन यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।

८. दैनिक ३ कप भन्दा बढि चिया पिउनेहरुमा एसिडिटीको समस्या उच्च हुन्छ ।

९. चियामा हुने कैफीनले चिया पिउन लत लाग्दछ जो पछि छाड्न ग्राहो हुन्छ ।

१०. अत्यधिक चिया पिउने मानिसको पाचन प्रणालीमा समस्या हुने गर्दछ ।

११. चिया धेरै पिउँदा दाँतमा दाग हुने क्याभिटि नास हुने गर्दछ ।

१२. धेरै चिया पिउनेहरुमा अनिन्द्राको समस्या देखापर्छ ।

१३. भोको पेटमा चिया पिउँदा पेट फुल्ने तथा अपच हुने समस्या देखापर्छ ।

१४. धेरै चिया पिउँदा भोक कम लाग्दछ, जसले शरीर पोषण अभाव बनाउने गर्दछ ।

१५. रंग कडा हालेको चिया खाने मानिसमा अल्सर हुने संभावना उच्च रहन्छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ४२ बजे

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन

देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका