धेरै चिया पिउनुहुन्छ ? ख्याल गर्नुहोस्, यस्ता छन् १५ बेफाइदा « Khabarhub

धेरै चिया पिउनुहुन्छ ? ख्याल गर्नुहोस्, यस्ता छन् १५ बेफाइदा


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अधिकाशं नेपाली दिनचर्या बिहानको चियाबाट शुरु हुन्छ । पाहुना जादाँ वा आउँदा चियाले नै सत्कार गरिन्छ ।

कुनै भेटघाट वा जमघटमा पनि चिया पिउनु अनिवार्य झै बनेको छ । चिया औपचारिकता होइन, एक प्रकारले नेपाली संस्कार झै बनेको छ ।

त्यसैले चियालाई नेपालीको राष्ट्रिय पेय भने पनि फरक पर्दैन । तर चिया धेरै पिउँदा यसले शरीरमा नकारात्मक असर पार्ने गर्दछ ।

कालो चिया पिउनु केहि हदसम्म फाइदाजनक भएपनि दूध चिया भने स्वास्थ्यका लागी हानिकारक मानिन्छ ।

यस्ता छन् धेरै चिया पिउदा हुने १५ बेफाइदाहरु :

१. अत्यधिक चिया पिउने मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।

२. चिया पकाउदा चियापत्तिलाई धेरैबेर उमाल्नु हुदैन यसले शरीरमा असर पार्दछ ।

३. चिया पिउँदा शरीर तातो हुन्छ भने मान्यता छ तर चियाले शरीरलाई तातो पार्दैन ।

४. एकै पटक धेरै चिया बनाई त्यसैलाई पटक पटक तताएर चिया पिउनु हुदैन ।

५. तातो चिया पिउने मानिसमा भोजन नलीको समस्या देखा पर्दछ ।

६. चियालाई ताततातो पिउनु हुदैन, केहिबेर सेलाएर मात्र पिउनु पर्छ ।

७. धेरै चियापती हालेर चिया खानु हुदैन यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।

८. दैनिक ३ कप भन्दा बढि चिया पिउनेहरुमा एसिडिटीको समस्या उच्च हुन्छ ।

९. चियामा हुने कैफीनले चिया पिउन लत लाग्दछ जो पछि छाड्न ग्राहो हुन्छ ।

१०. अत्यधिक चिया पिउने मानिसको पाचन प्रणालीमा समस्या हुने गर्दछ ।

११. चिया धेरै पिउँदा दाँतमा दाग हुने क्याभिटि नास हुने गर्दछ ।

१२. धेरै चिया पिउनेहरुमा अनिन्द्राको समस्या देखापर्छ ।

१३. भोको पेटमा चिया पिउँदा पेट फुल्ने तथा अपच हुने समस्या देखापर्छ ।

१४. धेरै चिया पिउँदा भोक कम लाग्दछ, जसले शरीर पोषण अभाव बनाउने गर्दछ ।

१५. रंग कडा हालेको चिया खाने मानिसमा अल्सर हुने संभावना उच्च रहन्छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ४२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल