युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसालिएको इरानको स्वीकार « Khabarhub

युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसालिएको इरानको स्वीकार

विमान दुर्घटना नियतबस नभइ भुलबस भएको इरानी सेनाको दाबी


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी विमान आफ्नो आक्रमणका कारण दुर्घटनामा परेको इरानले स्वीकार गरेको छ ।

इरानको आर्मीले आफ्नो तर्फबाट प्रहार भएको मिसाइल लागेका कारण युक्रेनी विमान खसेको बताएको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

तर सो आक्रमण नियतबस नभइ भुलबस भएको इरानी सेनाको दाबी छ । शनिबार बिहान जारी गरिएको वक्तव्यमा मानवीय त्रुटीका कारण भएको आक्रमणले युक्रेनी विमान दुर्घटनामा परेको उल्लेख गरिएको छ ।

यसअघि इरानले आफ्ना कारण विमान नखसेको दाबी गर्दै आएको थियो । यस्तै इरानमा १७६ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको कारणबारे अहिले नै निष्कर्षमा पुग्न सक्ने अवस्था नरहेको युक्रेनले पनि बताएको थियो ।

युक्रेनको विमान गएको बुधबार इरानको राजधानी तेहरानबाट उडेको केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो । विमानमा रहेका सबै १७६ जनाको मृत्यु भएको थियो ।

सोही बिहान इरानले इराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर मिसाइल आक्रमण गरेको थियो । पश्चिमा राष्ट्रले इरानले प्रहार गरेको रेकटकै कारण विमान दुर्घटनामा परेको बलियो प्रमाण रहेको बताएका थिए ।

लडाकु विमान ठानेर इरानले युक्रेनी विमानमाथि आक्रमण गरेको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमले बताएका थिए । यस्तै विमानमा प्रोजेक्टाइल ठोक्किएको देखिएको दाबीसहित भिडियो फुटेज पनि सार्वजनिक भएको छ ।

यो पनि पढ्नुहोस्

युक्रेनी जहाजमा इरानी क्षेप्यास्त्र प्रहार भएको क्यानडाका प्रधानमन्त्रीको आशंका

दुर्घटनाग्रस्त युक्रेनी विमानको ब्ल्याक बक्स इरानले अमेरिकालाई नदिने

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  १० : १० बजे

अर्थसंक्षेप : एक सय दरको नयाँ नोट बजारमा, साताको अन्तिम दिन १० अंकले बढ्यो नेप्से र वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड राजस्व संकलन

‘अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण’ नेपाल उद्योग

इन्टरपोलको अध्यक्षमा फ्रान्सेली प्रहरी नियन्त्रक नियुक्त

एजेन्सी– फ्रान्सेली प्रहरी नियन्त्रक लुकास फिलिप बिहीबार इन्टरपोलको प्रमुखमा नियुक्त

सचिवालयबाट निकालिएका तीनैजनाले एकसाथ भने- प्रधानमन्त्री बिचौलियाको चंगुलमा परिसक्नु भयो

काठमाडौं- एक दिनअघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट हटाइएका तीनजना

तत्कालीन नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख

सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सामाजिक सुरक्षाको