सुत्ने तरिकाबाट थाहा हुन्छ यौन जीवनको रहस्य | Khabarhub Khabarhub

सुत्ने तरिकाबाट थाहा हुन्छ यौन जीवनको रहस्य


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाइँ सुत्ने पोजिसन वा तरिकाबाट तपाईको जीवन साथीसँग सम्बन्ध कस्तो छ भन्ने कुरा थाहा पाउन सकिने एक अध्ययनले देखाएको छ ।

अनलाइन समूहको मैट्रेस अडभाइजरले यस सम्बन्धमा एउटा अनुसन्धान गरेको थियो जसले सुताइको अवस्थाका आधारमा सम्बन्ध पत्ता लगाउन सहज हुने दाबी गरेको छ । अनुसन्धानमा १८ देखि ७३ वर्ष बीचका एक हजार व्यक्तिहरुसँग गरिएका थियो । अनुसन्धानबाट पत्ता लागेको तथ्य अनौठो र निकै रोचक रहेको छ ।

सुत्ने तरिकाले तपाईको शरीरका सबै भागमा असर पर्छ भन्ने कुरामा कुनै शंका छैन । तर अनुसन्धानका क्रममा जव प्रतियोगीलाई कुन आसनमा धेरै सेक्स गर्नु हुन्छ भनेर सोधियो ।

जुन जोडीले एक अर्काको अनुहार हेरेर सुत्छन् तिनीहरुको सेक्सलाई सबैभन्दा रोमाञ्चित हुन पाइएको छ । त्यसैगरी जुन जोडीले एकअर्कालाई अंकमाल गरेर सुत्छन् तिनीहरुको सेक्स अवधी सबै भन्दा बढी रहने पत्ता लागेको छ ।

यधपी यो कुनै अनौठो कुरा होइन । एकअर्कालाई हेरेर सुत्नु प्याशनेट पोजिशन हो । यस क्रममा जति वेला दम्पत्ति नजिकिन्छन् उक्त उक्त समयमा सधै आँखा जुधि हाल्छ ।

पछाडिबाट अंकमाल गर्नु एउटा पुरानो आसन हो । जुन यौन आसनको दोस्रो नम्बरमा आउँछ । सुत्ने यो आसनको एउटा राम्रो पक्ष के भने एकअर्काकालाई कसिलो अंकमाल गर्दै जोडीहरु गहिरो निद्रामा पर्दछन् । साथै यो आसनमा सुत्दा सेक्सका लागि पनि सहज हुन्छ ।

अंगालोमा सुत्नु  त्यो आसन हो जसमा पुरुषले अंगालोमा महिलालाई राख्छ । महिलाले पुरुषको छातीमा टाउको राखेर तकिया जस्तो बनाए आरामदायक तरिकाबाट सोत्छन् । यो आसनको विशेषता भनेको जोडीले एकअर्काको दिलको धडकन सुन्न सक्छन् । यो आसनमा सुतने जोडीले सबैभन्दा रोमान्टिक तरिकाले माया साट्ने अनुसन्धानले बताएको छ ।

साइडबाट अंकमाल मारेर सुत्ने

के तपाई कहिले साथीसँग यसरी टाँसिएर सुत्नु भएको छ ? जसरी कोवाला रुखमा टाँसिएर बसेको हुन्छ । यसलाई साइड हग पनि भनिन्छ । धेरै जसो मानिसहरु यस्तो गर्छन् । साथीसँग यसरी चप्क्क टाँसिएर सुत्न कुरालाई कसले इन्कार गर्न सक्छ र । हुन सक्छ तपाईको यो आसनमा सुत्ने तरिका अरुका लागि तुलनात्मक रुपमा रोमान्टिक नलाग्न सक्छ । तर तपाईको साथीलाई नयाँ कुनै अनुभव गर्न मन लाग्यो भने यो आसन प्रयोग गर्न सक्नु हुन्छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ५१ बजे

संघीय संसद् र प्रदेश संसद्का पदाधिकारी सिंहदरबारमा जुटे (तस्बिरहरू)

काठमाडौं- संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक अहिले

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

इलाम– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चुलाचुली गाउँपालिका-३ मिलन चोक

प्रहरी महानिरीक्षक खापुङ भन्छन् : भदौ २३ गते कसैले गोली चलाउन आदेश दिएको थिएन

काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी

शिशुको आँखा परीक्षणका लागि तिलगंगाको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समय अघिनै