बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नु पर्छ : मन्त्री भट्टराई « Khabarhub

बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नु पर्छ : मन्त्री भट्टराई


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताएका छन् ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १४ औँ साधारणसभाको उद्घाटन गर्दै उनले मुलुकबाट अध्ययनका लागि ठूलो मात्रामा बौद्धिक जनशक्तिसँगै पूँजी पलायन पनि डरलाग्दो रुपमा रहेकाले त्यसलाई राख्नुपर्ने बताए ।

विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपाल फर्काउन इक्यानले भूमिका खेल्नुपर्नेसमेत उनको भनाइ रहेको थियो । “विदेशमा भएर अध्ययन गर्नु राम्रो हो । तिनीहरुले विश्वमा भएको विकासको बारेमा सिक्न पाउँछन्”, उनले भने, “त्यहाँ अध्ययन गरेसकेपछि ती विद्यार्थीलाई नेपालमा फर्काउन सके मुलुकको समृद्धिमा सहयोग पुग्ने छ ।”

मन्त्री भट्टराईले १९८० को दशकमा विश्वमा रहेका चिनियाँ नागरिक आफ्नो मुलुक फर्केको उल्लेख गर्दै नेपालले पनि त्यसैगरी विश्वमा रहेका बौद्धिक व्यक्तिलाई फर्काउनुपर्नेमा जोड दिए । उनले विश्वमा नेपालको पर्यटन बजारलाई उपस्थित गराउन नेपाल भ्रमण वर्ष–२०२० शुरुआत गरिएको भन्दै इक्यानले पनि आफ्नो पहलबाट नेपालमा पर्यटक ल्याउन सहयोग गर्नुपर्ने धारणा राखे ।

“यहाँबाट लाखौं विद्यार्थी अध्ययनका लागि बाहिर गएका छन् । ती विद्यार्थीले आफ्नो कजेलमा नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराएर भ्रमण वर्षमा त्यहाँका कलेजबाट पनि पर्यटक ल्याउनु पर्दछ”, उनले भने । उनले भ्रमण वर्ष शुरुसँगै भौतिक पूर्वाधारका काम पनि सँगै हुने बताए ।

हिजोभन्दा राम्रो सेवा हाम्रो विमानस्थलले दिन थालेको भन्दै उनले नयाँ बन्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले विश्वका राम्रा विमानस्थलले दिने सेवा दिने धारणा राखे ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ८ : ४० बजे

दोहोरो अंकले घट्यो नप्से परिसूचक

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन

देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा