दमकल जान नसक्ने गल्लीमा हुने आगलागी नियन्त्रणका लागि पाइप लाइनको परीक्षण « Khabarhub

दमकल जान नसक्ने गल्लीमा हुने आगलागी नियन्त्रणका लागि पाइप लाइनको परीक्षण


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागीबाट हुने क्षति नियन्त्रणका लागि जडान गरिएको पाइप लाइनको सफल परीक्षण गरिएको छ ।

कामपाले आज वडा नं २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको चार इञ्चे फलामे पाइपबाट सफल परीक्षण गरेको हो ।

उक्त प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रवद्र्धन तथा सहभागिता कार्यक्रमको रु पाँच लाख वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट रु दुई लाख सङ्घसंस्था र उपभोक्ताको रु दुई लाख ४० हजार ६१२ गरी कूल रु नौ लाख ४० हजार ६१२ लगानीमा मांसगल्ली उपभोक्ता समितिले पाइप जडान गरेको हो ।

परीक्षणको शुरुआत कामपाका प्रमुख विद्या शुन्दर शाक्यले गरेका हुन् । परीक्षणपछि प्रमुख शाक्यले विपद् क्षति न्यूनीकरण र विपद् व्यवस्थापन महानगरको उच्च प्राथमिक काम रहेको बताए ।

उनले भने “हरेक नगरसभामा यसका बारेमा गहन छालफल गर्छौँ र आवश्यक नीति बनाउने गरेका छौँ ।” दमकल पुग्ने ठाउँ र दमकल पुग्न नसक्ने दुवै ठाउँको आगो नियन्त्रण गर्न छुट्टाछुट्टै नीतिअन्तर्गत काम पनि उनले जानकारी गराए । ।

शाक्यले भने “हामीले दमकललाई नयाँसडकबाट विस्तार गरेर वडा ६ सम्म पुर्‍याएका छौँ ।” अब केही दमकल खरिद गर्दैछौँ भने बिरामीको बाटामा हुने मृत्युलाई घटाउन नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेर आधुनिक एम्बुलेन्स सञ्चालन गरेको पनि उनले बताए ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ८ : २२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका