विहीबारदेखि बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको  खोप लगाइँदै « Khabarhub

विहीबारदेखि बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको  खोप लगाइँदै


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रुकुम- आगामी फागुन १ गतेबाट देशैभरी दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिँदैछ । यसै क्रममा रुकुमपूर्वमा चार हजार ५७९ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ ।

तीन मात्र स्थानीय तह रहेको जिल्लाको सिस्ने गाउँपालिकामा एक हजार ४२०, भूमे गाउँपालिकामा एक हजार ५९७ र पुथा उत्तरगङ्गा गाउँपालिकामा एक हजार ५६२ पाँच वर्ष मुनिका बालबालिका छन् ।

सो अभियानका लागि जिल्लामा १६ खोप कार्यकर्ता र २८८ स्वयंसेवक खटाइने बताइएको छ । खोप अभियान पहिलो चरणमा भुमेमा फागुन १ देखि ९ गतेसम्म सञ्चालन गरिने भएको छ ।

त्यसैगरी दोस्रो चरणमा फागुन १० गतेबाट १८ गतेसम्म पुथा उत्तरगङ्गा र तेस्रो चरणमा फागुन २० देखि २८ गतेसम्म सिस्नेमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुकुमकोटले जनाएको छ । फागुन १ गतेबाट शुरु हुन गइरहेको खोप अभियानको सम्पूर्ण तयारी सकिएको स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख शिव शार्कीले बताए ।

उनका अनुसार सबै स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरिसकिएको छ । त्यसैगरी स्वास्थ्य शाखा प्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, खोप दिने स्वास्थ्यकर्मी, स्वयंसेवक सबैलाई प्रशिक्षण दिइएको छ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : ०१ बजे

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन