भरतले ५० औं गोल गरेको खेलबाट आर्मी शीर्ष स्थानमा फर्कियो « Khabarhub

भरतले ५० औं गोल गरेको खेलबाट आर्मी शीर्ष स्थानमा फर्कियो


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा बिग्रेड व्वाईज क्लबलाई पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा फर्किएको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड व्वाईजलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

यसअघि सोमबार भएको अन्तिम खेलमा संकटा क्लबलाई ३–१ गोलले पाजित गर्दै २८ अंकसहित मछिन्द्र शीर्ष स्थानमा उक्लिएको थियो । तर, १२ औं चरणको खेलमा आर्मीले ब्रिगेडलाई पराजित गर्दै २९ अंकसहित शीर्ष स्थानमा फर्किएको हो ।

आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले गोल गरेका हुन् । भरतले ब्रिगेडविरुद्ध गरेको गोल उनको ए डिभिजन लिग करियरको ५० औं गोल हो ।

उनले खेलको ५ औं मिनेटमा गोल गरेका थिए । यस्तै, पहिलो हाफ १–० गोलले सकिएको खेलमा विकासले खेलको ५४ औं मिनेटमा गोल गरे भने ७० औं मिनेटमा टेक बहादुर बुढाथोकिले गरेका थिए । जीत हात पारेको आर्मी शीर्ष स्थानमा उक्लिँदा पराजित ब्रिगेड पुछारबाट तेस्रो स्थानमा छ ।

लिगमा सरस्वती युवा क्लब भने बि डिभिजनमा घटुवा हुने पक्का भइसकेको छ । उसले १२ खेल खेल्दा मात्रै ४ अंक जोड्न सकेपछि सरस्वती लिगको एक खेल अगाडि नै तल्लो डिभिजनमा घटुवा भएको हो ।

अन्तिम चरणमा अन्तिम खेल मछिन्द्र क्लब र आर्मीबीचको खेल लिगको फाइनल खेल हुने पक्का भएको छ । एक अंकले तलमाथि रहेका यी क्लबबीचको प्रतिस्पर्धा फागुन ३ गते दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १२ : ०० बजे

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार