भरतले ५० औं गोल गरेको खेलबाट आर्मी शीर्ष स्थानमा फर्कियो « Khabarhub

भरतले ५० औं गोल गरेको खेलबाट आर्मी शीर्ष स्थानमा फर्कियो


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा बिग्रेड व्वाईज क्लबलाई पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा फर्किएको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड व्वाईजलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

यसअघि सोमबार भएको अन्तिम खेलमा संकटा क्लबलाई ३–१ गोलले पाजित गर्दै २८ अंकसहित मछिन्द्र शीर्ष स्थानमा उक्लिएको थियो । तर, १२ औं चरणको खेलमा आर्मीले ब्रिगेडलाई पराजित गर्दै २९ अंकसहित शीर्ष स्थानमा फर्किएको हो ।

आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले गोल गरेका हुन् । भरतले ब्रिगेडविरुद्ध गरेको गोल उनको ए डिभिजन लिग करियरको ५० औं गोल हो ।

उनले खेलको ५ औं मिनेटमा गोल गरेका थिए । यस्तै, पहिलो हाफ १–० गोलले सकिएको खेलमा विकासले खेलको ५४ औं मिनेटमा गोल गरे भने ७० औं मिनेटमा टेक बहादुर बुढाथोकिले गरेका थिए । जीत हात पारेको आर्मी शीर्ष स्थानमा उक्लिँदा पराजित ब्रिगेड पुछारबाट तेस्रो स्थानमा छ ।

लिगमा सरस्वती युवा क्लब भने बि डिभिजनमा घटुवा हुने पक्का भइसकेको छ । उसले १२ खेल खेल्दा मात्रै ४ अंक जोड्न सकेपछि सरस्वती लिगको एक खेल अगाडि नै तल्लो डिभिजनमा घटुवा भएको हो ।

अन्तिम चरणमा अन्तिम खेल मछिन्द्र क्लब र आर्मीबीचको खेल लिगको फाइनल खेल हुने पक्का भएको छ । एक अंकले तलमाथि रहेका यी क्लबबीचको प्रतिस्पर्धा फागुन ३ गते दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १२ : ०० बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष