ठाकुर ज्ञवाली बने नेपाल प्रहरीको २७ औं आईजी « Khabarhub

ठाकुर ज्ञवाली बने नेपाल प्रहरीको २७ औं आईजी


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् ।

मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

हाल प्रदेश नम्बर १ को प्रहरी प्रमुख रहेका ज्ञवाली प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिन्छन् ।

२५ असार २०४७ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका ज्ञवालीले महानिरीक्षक बन्दा आफ्नै ब्याचका २ जना प्रतिस्पर्धीलाई उछिनेका हुन् । अन्य २ जना डीआईजीहरु तारणि लम्साल र सूर्य उपाध्यायलाई उछिन्दै ज्ञवाली महानिरीक्षक बन्न सफल भए ।

प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका ज्ञवालीलाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षमा बढुवा गरिएको हो ।

हालका आईजी सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण मंगलबारबाट अनिवार्य अवकासमा जाँदै छन् । २९ माघ २०४६ मा इन्सपेक्टरबाट सेवा प्रवेश गरेका खनाल २७ चैत २०७४ को मन्त्रिपरिषद बैठकको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट महानिरीक्षक (आईजी)मा बढुवा भएका थिए ।

खनालसँगै ३० वर्षे सेवा अवधिका कारण ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात पनि अनिवार्य अवकासमा जाँदै छन् ।

यसबाहेक खनालसँगै सेवा प्रवेश गरेका अन्य १९ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरु पनि बुधबारबाट अनिवार्य अवकासमा जाँदै छन् ।

प्रहरीको नयाँ महानिरीक्षक बनेका ज्ञवाली प्रहरी नियमावली २०७१ मा रहेको ३० वर्षे सेवा अवधि कायमै रहे २४ असार २०७७ सम्म मात्रै सेवामा रहनेछन् । महानिरीक्षक बनेका ज्ञवालीसहित उनका ब्याचीहरुले अबको करिब ५ महिना पछि अनिवार्य अवकास पाउनेछन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : ०८ बजे

कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपिए

गण्डकी– धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा