आइसोलेसन ‘वार्ड’ भएका ३६ अस्पताललाई कोरोनाको उपचारका लागि तयार रहन निर्देशन « Khabarhub

आइसोलेसन ‘वार्ड’ भएका ३६ अस्पताललाई कोरोनाको उपचारका लागि तयार रहन निर्देशन


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन वेडको व्यवस्थापन गरेका काठमाडौं उपत्यकाका ३६ वटा अस्पताललाई  कोरोनाको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिन सक्ने भन्दै आइसोलेसन वेड भएका ३६ वटा अस्पतालसँग छलफल गर्दै मन्त्रालयले कोरोनाको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले आइसोलेसन वेड रहेका अस्पतालसँग आज छलफल गर्दै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएमा बिरामीको उपचारका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालका अनुसार काठमाडौंमा रहेको ३६ वटा हब तथा स्याटेलाइट अस्पतालहरुले १ सय ४७ वटा आइसोलेसन वेड कोरोना भाइरस संक्रमितको उपचारका लागि तयारी अवस्थामा राखेको जानकारी दिएका छन् ।

‘आज स्वास्थ्य मन्त्रालयले काठमाडौंमा रहेको ३६ वटा अस्पतालसँग कोरोना भाइरसको विषयमा उहाँहरुले गरिरहनु भएको तयारीबारे छलफल गर्‍यौं,’ मन्त्रालयका सहप्रवक्ता दाहालले भने, ‘ हामीले उहाँहरुलाई कोरोना भाइरस देखिएमा उपचारको लागि तयारी अवस्थामा रहन निर्देशन पनि दिएका छौं ।’

स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि १ बजेसम्म भएको छलफलमा स्वास्थ्य मन्त्रालयका डाक्टर दिपेन्द्र रमण सिंह, डा गुणराज लोहनी, प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठ तथा आइसोलेसन वेड तयारी अवस्थामा राखेका अस्पतालका प्रमूख तथा प्रतिनिधिहरु सहभागि थिए ।

यी अस्पतालले व्यवस्थापन गरे आइसोलेसन वेड

आइसोलेसन वेड तयारी अवस्थामा रहेका अस्पतालहरुको नामावली

चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा जुनसुकै बेला फैलनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले त्यसको पूर्व तयारी गरीरहेको मन्त्रालयका सहप्रवक्ता दाहालको भनाइ छ ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न पुर्व तयारी गरीरहेपनि कोरोना भाइरस प्रभावित चीनमा रहेका नेपाली स्वदेश ल्याउने विषय भने अझै टुंगो लागेको छैन ।

सरकारले चीनमा रहेका करिब २ सय नेपाली स्वदेश ल्याउन उच्चस्तरीय छलफललाई भने निरन्तरता दिइरहेको छ । कोरोना भाइरसको संक्रमण रोक्न र चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउने विषयमा सरकारले आजपनि छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : ०३ बजे

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक