बंगालको खाडीमा डुंगा डुब्दा १५ रोहिङ्ग्या शरणार्थीको मृत्यु « Khabarhub

बंगालको खाडीमा डुंगा डुब्दा १५ रोहिङ्ग्या शरणार्थीको मृत्यु


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशको तटपारी डुङ्गा दुर्घटना हुँदा कम्तीमा १५ रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ ।

बंगलादेशबाट भागेर मलेसिया जानेक्रममा १३० जना चढेको डुङ्गा बंगलादेशको तटपारी बंगालको खाडी क्षेत्रमा रहेको सेन्ट मार्टिन टापुनजिक डुबेको बंगलादेशको तटरक्षक फौजले जनाएको छ ।

डुङ्गामा चढेकामध्ये ७० जनाभन्दा धेरैलाई उद्धार गरिएको जनाइएको छ । ५० जना क्षमताको डुङ्गा बंगलादेशको तटीय शहर कक्स बजारबाट मलेशिया जानका लागि हिँडेको बताइएको छ । क्षमताभन्दा धेरै यात्रु बोकेका कारण डुङ्गा डुबेको हुनसक्ने बंगलादेशी अधिकारीको आशंका छ ।

मारिनेमा महिला र बालबालिका समेत छन् । सन् २०१७ मा म्यान्मारको सेनाले मुसलमान धर्मावलम्बी रोहिङ्ग्या जनजातीलाई लक्षित गरी कारवाही चलाएपछि लाखौं रोहिङ्ग्याहरु हाल बंगलादेशमा शरणार्थीका रुपमा बसोबास गर्दै आएका छन् ।

यद्यपि बंगलादेशको शरणार्थी शिविरको अवस्था दयनीय रहेका कारण हरेक वर्ष हजारौं रोहिङ्ग्याहरु खतरनाक बाटो प्रयोग गरी ज्यान जोखिममा राखेर बंगालको खाडीबाट मलेशिया जाने गरेको बताइन्छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : १५ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक