आईसीसी विश्वकप लिग-२ : त्रिकोणात्मक शृङ्खला ओमानद्वारा ‘क्लिन स्वीप’ « Khabarhub

आईसीसी विश्वकप लिग-२ : त्रिकोणात्मक शृङ्खला ओमानद्वारा ‘क्लिन स्वीप’


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला ओमानले ‘क्लिन स्वीप’ गरेको छ । काठमाडौंमा जारी शृङ्खलाका चारै खेल जित्दै ओमान अंक तालिकामा शीर्ष स्थानमा यतावत रहेको छ ।

मंगलबार आफ्नो चौथो खेलमा ओमानले अमेरिकालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खला जितेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले दिएको २सय ७७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रन मात्रै बनाएपछि अमेरिकाले आफ्नो तेस्रो खेलमा हार व्येहोरेको हो ।

अमेरिकालाई ९२ रनले हराउँन ओमानका अकिब इलियासी र विलाल खानले कसिलो बलिङ गरे । अमेरिकाका लागि १सय८४ रन बनाउने क्रममा निसर्ग पटेलले अर्धशतकिय इनिङ्स खेल्दै ५४ रन बनाए भने आरोन जोन्सले ४७ रन बनाएका थिए ।

अमेरिकाका इआन होल्यान्डले २८, जेभिएर मार्सलले २३ र रस्टी थेरमले १२ रन बनाएका थिए । अमेरिकाविरुद्ध ओमानका अकिब इलियासीले उत्कृष्ट बलिङ गरे ।

जसमा उनले ५ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १४ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै, ओमानका विलाल खानले ६.१ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिए ।

यस्तै, कप्तान जिसन मक्सुदले २ र मोहम्मद नादेमले १ विकेट लिएका थिए । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा यसअघि पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाएर २सय७६ रन बनाएको थियो ।

ओमानका लागि कप्तान जिसन मक्सुद र अलराउण्डर अक्बि इलीयासले दोहोरो शतकिय इनिङ्स खेल्दै २सय१७ रनको साझेदारी इनिङ्स खेलेका थिए ।

त्यसक्रममा कप्तान मक्सुद र इल्यास दुवै जनाले शतक पुरा गरे । जसमा मक्सुदले १०९ बलमा १० चौका र ४ छक्काको मद्दतमा १०९ रन बनाएर आउट भएका थिए ।

यता, इल्यासीले १२३ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै १ सय ५ रन बनाए । उनी जारी शृङ्खलामा लागातार दोस्रो शतक बनाउने एकमात्रै खेलाडी हुन् । यसअघि उनले नेपालविरुद्ध शतक प्रहार गरेका थिए ।

योसँगै लिग २ मा सर्वाधिक रन बनाउनेमा इलीयास शीर्ष स्थानमा छन् । उनले १० खेलमा ६ सय ७ रन बनाएका छन् भने दोस्रो स्थानमा अमेरिकाका आरोन जोन्स छन् । उनको ३ सय ६३ रन रहेको छ । यस्तै, ओमानका लागि सन्दीप गौडले १२ र खबार अलिले १० रन बनाएका थिए ।

ओमानविरुद्ध अमेरिकी टोलीले कमजोर प्रदर्शन जारी राखेको छ । टस जितेर फिल्डिङ रोेजेको अमेरिकाका लागि कप्तान सौरभ नेत्रभाल्कर र रस्टी थेरमले समान तीन– तीन विकेट लिए ।

जीतसँगै ओमान लिग २ को अंक तालिकामा १६ अंकसहित शीर्ष स्थानमा छ । पराजित अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : ०० बजे

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै

गण्डकी– गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका

एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या

चितवन– एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने

रुसको मुद्रास्फीति वर्षको अन्त्यसम्म ६ प्रतिशतमा झर्ने : पुटिन

एजेन्सी– रुसको मुद्रास्फीति दर यस वर्षको अन्त्यसम्म करिब ६ प्रतिशतमा

ललितपुर महानगरपालिकाले मनायो ३४ औँ अन्तर्राष्ट्रिय दिवस (तस्बिरहरू) 

काठमाडौं– ‘अपाङ्गता समावेशी समाजको प्रतिवद्धता; सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने मूल

टोखा नगरपालिकामा विकास निर्माणले गति लिँदै

काठमाडौं– काठमाडौंको टोखा नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवस आयोजना गरी