आईसीसी विश्वकप लिग-२ : त्रिकोणात्मक शृङ्खला ओमानद्वारा ‘क्लिन स्वीप’ « Khabarhub

आईसीसी विश्वकप लिग-२ : त्रिकोणात्मक शृङ्खला ओमानद्वारा ‘क्लिन स्वीप’


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला ओमानले ‘क्लिन स्वीप’ गरेको छ । काठमाडौंमा जारी शृङ्खलाका चारै खेल जित्दै ओमान अंक तालिकामा शीर्ष स्थानमा यतावत रहेको छ ।

मंगलबार आफ्नो चौथो खेलमा ओमानले अमेरिकालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खला जितेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले दिएको २सय ७७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रन मात्रै बनाएपछि अमेरिकाले आफ्नो तेस्रो खेलमा हार व्येहोरेको हो ।

अमेरिकालाई ९२ रनले हराउँन ओमानका अकिब इलियासी र विलाल खानले कसिलो बलिङ गरे । अमेरिकाका लागि १सय८४ रन बनाउने क्रममा निसर्ग पटेलले अर्धशतकिय इनिङ्स खेल्दै ५४ रन बनाए भने आरोन जोन्सले ४७ रन बनाएका थिए ।

अमेरिकाका इआन होल्यान्डले २८, जेभिएर मार्सलले २३ र रस्टी थेरमले १२ रन बनाएका थिए । अमेरिकाविरुद्ध ओमानका अकिब इलियासीले उत्कृष्ट बलिङ गरे ।

जसमा उनले ५ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १४ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै, ओमानका विलाल खानले ६.१ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिए ।

यस्तै, कप्तान जिसन मक्सुदले २ र मोहम्मद नादेमले १ विकेट लिएका थिए । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा यसअघि पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाएर २सय७६ रन बनाएको थियो ।

ओमानका लागि कप्तान जिसन मक्सुद र अलराउण्डर अक्बि इलीयासले दोहोरो शतकिय इनिङ्स खेल्दै २सय१७ रनको साझेदारी इनिङ्स खेलेका थिए ।

त्यसक्रममा कप्तान मक्सुद र इल्यास दुवै जनाले शतक पुरा गरे । जसमा मक्सुदले १०९ बलमा १० चौका र ४ छक्काको मद्दतमा १०९ रन बनाएर आउट भएका थिए ।

यता, इल्यासीले १२३ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै १ सय ५ रन बनाए । उनी जारी शृङ्खलामा लागातार दोस्रो शतक बनाउने एकमात्रै खेलाडी हुन् । यसअघि उनले नेपालविरुद्ध शतक प्रहार गरेका थिए ।

योसँगै लिग २ मा सर्वाधिक रन बनाउनेमा इलीयास शीर्ष स्थानमा छन् । उनले १० खेलमा ६ सय ७ रन बनाएका छन् भने दोस्रो स्थानमा अमेरिकाका आरोन जोन्स छन् । उनको ३ सय ६३ रन रहेको छ । यस्तै, ओमानका लागि सन्दीप गौडले १२ र खबार अलिले १० रन बनाएका थिए ।

ओमानविरुद्ध अमेरिकी टोलीले कमजोर प्रदर्शन जारी राखेको छ । टस जितेर फिल्डिङ रोेजेको अमेरिकाका लागि कप्तान सौरभ नेत्रभाल्कर र रस्टी थेरमले समान तीन– तीन विकेट लिए ।

जीतसँगै ओमान लिग २ को अंक तालिकामा १६ अंकसहित शीर्ष स्थानमा छ । पराजित अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : ०० बजे

एआई शिखर सम्मेलन निष्कर्षविहीन

एजेन्सी– पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति

नापतौलमा अनियमितता गर्ने ११ सय व्यवसायीलाई कारबाही

जनकपुरधाम– गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२-८३

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की– मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा

गृहमन्त्रीद्वारा काठमाडौं र मकवानपुरको मतदानस्थलको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

राजनीतिक दलका चुनावी घोषणापत्र : निःशुल्क स्वास्थ्यमा जोड

काठमाडौं– आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य