कोरोना भाइरस : संक्रमण ११९ देशमा, ४२ सय ९५ को मृत्यु « Khabarhub

कोरोना भाइरस : संक्रमण ११९ देशमा, ४२ सय ९५ को मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ ।

कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना संक्रमितको संख्या १ लाख १९ हजार १ सय ७९ पुगेको छ ।

कोरोना संक्रमितमध्ये ६६ हजार ६ सय १७ जना बिरामी ठीक भएर घर फर्किएका छन् । ठीक भएर घर फर्कनेको संख्या चीनमा बढी रहेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अन्य देशमा तीव्र रुपमा कोरोना फैलिएपनि चीनमा भने नियन्त्रणको क्रममा रहेको छ । चीनमा अहिले ८० हजार ७ सय ७८ जना संक्रमित छन् । जहाँ ६१ हजार ४ सय ८१ जना ठीक भएर घर फर्किएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा कोरोनाका नयाँ बिरामी २४ जनामात्र फेला परेका छन् । कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउने चिनियाँको संख्या भने ३ हजार १ सय ५८ पुगेको छ ।

त्यस्तै इटालीमा संक्रमित १० हजार १ सय ४९ जना छन् । नयाँ संक्रमितको संख्या ९ सय ७७ पुगेको छ । त्यस्तै इटालीमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ ।

त्यस्तै इरानमा २ सय ९१, दक्षिण कोरियामा ६०, फ्रान्समा ३३, स्पेनमा ३६, अमेरिकामा ३० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ८ : ०८ बजे

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर