प्रहरी अस्पतालको सुविधा बढाउन गृह मन्त्रालयले सहयोग गर्ने « Khabarhub

प्रहरी अस्पतालको सुविधा बढाउन गृह मन्त्रालयले सहयोग गर्ने


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको भौतिक सुविधा बढाउन गृह मन्त्रालयले सहयोग गरने बताएका छन् ।

बुधबार अस्पतालको निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहसचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाइ थप गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने बनाउन मन्त्रलायकोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउने भएकाले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुनुपर्ने बताए । प्रहरी अस्पताल सबै प्रहरी कर्मचारी र नागरिकको आशाको केन्द्र भएकाले यसबाट प्रवाह गर्ने सेवामा कुनै पनि विभेद् गर्न नहुनेमा उनको जोड थियो ।

अस्पतालमा प्रयोगशालाको गुणस्तरीयता बढाउने, बेड सङ्ख्या थप गर्ने, नर्सिङ कलेजको सञ्चालन गर्नेलगायत कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले उल्लेख गर्नुभयो ।

नेपाल प्रहरी अस्पातलस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसुति वार्ड, सर्जिकल वार्ड, भिआइपी डिलक्स, ओपिडी, इमरजेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आइसियु, प्रस्तावित कोरोना भाइरस क्वारेन्टाइन वार्ड, आइसोलेसन वार्डको निरीक्षण गरेका थिए ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी कर्मचारीको आशाको केन्द्रको रुपमा रहेको अस्पतालको आधुनिकीकरण र आत्मनिर्भरता सङ्गठनको उच्च प्राथमिकताको विषय भएको बताए ।

प्रहरी महनिरीक्षक ज्ञवालीले रोगको पहिचान र मानवीय संवेदनासँग जोडिएको विषय चिकित्सा सेवामा जोडिएर कर्तव्य पालना गर्न पाउनु कार्यरत प्रहरी कर्मचारीको अवसर भएकोले प्रहरी कर्मचारीहरुले सेवाभावको उत्कृष्टता प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : ३७ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३